May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
निशुल्क स्वास्थ्य शिविरमा ५ सय ७४ जनाको उपचार

निशुल्क स्वास्थ्य शिविरमा ५ सय ७४ जनाको उपचार

असार ०४, सल्यान । सिद्ध कुमाख गाउँपालिकाको आयोजना तथा सिट हस्पिटल दाङको सहयोगमा ढोरचौरको निराजन माबी मा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।

गाउपालिकाले सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उल्लेख गर्दै ग्रामिण समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न नपरोस भन्ने उद्धेश्यले आयोजना गरिएको हो । सिबिरमा सेवा लिन बालबालिका,किशोर किशोरी देखि बृद्धबृद्धाले सेवा लिएका छन ।

जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको प्रमुख आथित्य भएको स्वास्थ्य सिबिर कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष भरत गिरीले आफुले सबै भन्दा पहिला आम नागरिकको स्वास्थ्य लाई प्राथाकिता दिएको बताउनु भयो । यो सिबिरले गाउपालिका बासी के कस्ता समस्या रहेछन ति रोगको पहिचाहन गर्नको लागी पनि आयोजनाा गरिएको र हरेक नागरिकको स्वास्थ्य लाई आफुले पालिका भित्रै केहि समय पछि राम्रो उपचार गर्ने ब्यबस्था मिलाउन लागीएको बताउनु भयो ।

त्यसै गरी गाउपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतले ग्रामिण क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा बाट बञ्चित रहेका नागरिक लाई निशुल्क स्वास्थ्य सेवा दिने उद्धेश्यले सिबिर आयोजना गरिएको बताउनु भयो ।

सिबिरमा सिटि हस्पिटलका डा।हेम राज शर्मा,डा। रेशम गौतम,डा।सन्जय मर्हजन,डा।रचना खडका,डा।राकेश श्रेष्ठ,डा।जनक गुरुङ लगायतका बिशेषज्ञ डाक्टरहरु द्धारा स्त्रि तथा प्रसुति सेवा, नाक कान, घाटि, हाड जोर्डी, नसा सम्वन्धी, जेनेरल मेडिसियन, आँखा चेकजाँज, ल्याब टेष्ट सम्वन्धि निःशुल्क चेक जाँच गरिएको छ ।

शनिबार आयोजना गरिएको शिविरमा ३ सय ९४ जना महिला र १ सय ८० जना पुरुष गरि ५ सय ७४ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा सबै भन्दा बढि तल्लो पेट दुख्ने, हाडजोर्नी र नसा सम्बन्धिका बिरामीहरुले जाँच गराएका छन् । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निशुल्क औषधि बितरण गरिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज