May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
सबैलाई रुहाउदै ‘द भ्वोइस अफ नेपाल सिजन–३’ बाट बाहिरिए धर्मेन्द्र सुनार, जजहरूले गरे यस्तो घोषणा

सबैलाई रुहाउदै ‘द भ्वोइस अफ नेपाल सिजन–३’ बाट बाहिरिए धर्मेन्द्र सुनार, जजहरूले गरे यस्तो घोषणा

असार १३, काठ्मान्डौं । गायन रियालीटी शो ‘द भ्वोइस अफ नेपाल सिजन–३’ को ब्लाईन्ड अडिसनबाट एकाएक चर्चामा नाम हो धर्मेन्द्र सुनार । सुदुरपश्चिमको विकट जिल्ला बाजुराका प्रतिभा उनै धर्मेन्द्र सुनार भ्वाईसको नकआइट राउन्डबाट बाहिरिएका छन् ।

धर्मेन्द्र ब्लाईन्ड अडिसनमा ‘मायाले नै हो पियारी’ गीत गाएर चार वटै कोचलाई घुमाउन सफल भएका थिए । गाउँमा नेट नभएकाले ८ घण्टाको बाटो हिँड्दै सदरमुकाम पुगेर भ्वाईस अफ नेपालको डिजिटल अडिशनका लागि गीत गाएर पठाएका धर्मेन्द्र सेलेक्ट भएपछी ब्लाईन्ड अडिसनका लागि काठमाडौं आएका थिए । आफ्नो आमालाई समेत भ्वाईसको स्टेजमा पुर्‍याएका उनले भ्वाइसको यात्रा अघि कुनै म्युजिकल क्लास लगेका थिएनन् ।

ब्लाईन्ड अडिसनमा सबै कोचको मन जिते तर उनको संघर्ष सुनेपछि निर्णायक तृष्णा गुरूङले आफुलाई सम्हाल्नै सकिनन् र भक्कानिदै धरधरी रोएकी थिईन । अन्य निर्णायकहरू दिप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल पनि भावुक बनेका थिए । धर्मेन्द्रले गाउँदै गर्दा दर्शकहरूले आशु पुछ्दै गरेको दृश्य पनि देखिन्थ्यो । त्यो क्षणमा आफ्ना बिगत र छनोट हुदाको खुशीलाई लिएर धर्मेन्द्र आफुपनी निकै रोए ।

निकै ठूलो सपना बोकेर आएका उनै धर्मेन्द्र भ्वाईसको नकआउट राउन्डबाट बाहिरिदा पनि निकै रोए । नकआउटमा उनले ‘रेलको बाटो पुग्दै छरे, तिमी बस्ने शहरैमा’ गीत गाएका थिए । नकआउटमा बिक्की परियार र रबि गहतराज जस्ता टफ प्रतिस्पर्धी संग परेका धर्मेद्रले निकै उत्कृष्ट प्रस्तुति दिए । तिनै प्रतिस्पर्धीको बुलन्द आवाजले सबै कोचलाई नतमस्तक बनायो ।

बिक्कीको प्रस्तुती, रबिको आवाज, धर्मेन्द्रको मौलिकता निकै आकर्षक देखिएको थियो । सबै कोचले तिनै प्रतिस्पर्धीको खुलेर प्रसम्शा गरे । कोच दिप श्रेष्ठलाई को’रोना पोजेटिभ देखिएपछी स्वस्थ्यमा देखिएको समस्याका कारण स्ट्यान्डिङ कोचको रुपमा दिपको स्थानमा देखिएका चर्चित गायक राजेश पायल राईले झनै सबैको प्रसन्शा गर्न भ्याए ।

टफ प्रस्तुति दिएका तिनैजनाको प्रशम्शा गर्दौ कोच राजेश र कोच राजुले रबि गहतराजलाई अघि बढाउन चाहे भने कोच तृष्णाले बिक्की परियारलाई अघि बढाउन चाहिन । अन्तत निर्णायक कोच प्रमोदले रबि गहतराजलाई अघि बढाउने निर्णय गरेपछी धर्मेन्द्र र बिक्कीको भ्वाइसको यात्रा टुंगियो । बिक्किले आफ्नो साङितिक यात्रा पहिले पनि जारी रहेको अब पनि जारी रहने र भ्वाइसले धेरै कुरा सिकाएको बताए तर धर्मेन्द्र भने आउट भएसङै रुन थाले केही समय त बोल्न पनि सकेनन् ।

केहिबेरपछी आफुलाई सम्हाल्दै सहयोग गर्नुहुने सबैलाई सम्झिए । कोच प्रमोदले ६ महिना निशुल्क संगीत सिकाउने निर्णय गरे । राजेश पायल राईले धर्मेन्द्र र बिक्की संग गीत गाउने बाचा गरे । लगत्तै प्रमोदले पनि बिक्कि संग एउटा गीत गाउने बाचा गरे । प्रमोद भन्छन्, आफू संग भएका ९ जना प्रतिस्पर्धी नै कमलको फुल जस्तो भएको जताबाट हेरेपनी एउटा एक र एउटा नौ हुने सबै उस्तै देखिने भएकोले शो को फर्म्याटलाई पछ्याउनै पर्ने भएकोले बाहिरिनु परेकोमा दुखी नहुन आग्रह गरे ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज