May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
निशेधाज्ञामा सरकारी गाडी लिएर मन्त्रालयका आयोजना प्रमुख डेटिङमा, भिडियो भाइरल

निशेधाज्ञामा सरकारी गाडी लिएर मन्त्रालयका आयोजना प्रमुख डेटिङमा, भिडियो भाइरल

जेठ २२, काठ्मान्डौ । गृह मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्न निर्देशन दिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै गृहमन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई के कारवाही भयो सो को विवरण समेत पठाउन निर्देशन दिएको छ ।

गृहमन्त्रालयबाट आफूलाई आज पत्र आएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । पत्र प्राप्त भएकोले सुरुमा अनुसन्धान गरी कारवाही गरिने पराजुलीले बताए ।

गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख उपसचिव रोशन श्रेष्ठ प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा स्वयम्भूमा एक युवतीसहित पुगेका थिए । निषेधाज्ञा उल्लंघन गर्दै स्वयम्भु पुगेका उनीहरु प्रेमालापमा रमाइरहेको भिडियो विभिन्न अनलाइन समाचार माध्यम तथा सामाजिक सञ्जालबाट बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग गरिएको थियो ।

सार्वजनिक भएको भिडियोमा उपसचिव श्रेष्ठ र ति युवतीको अस्वभाविक गतिविधि देखिन्छ भने भिडियो खिच्ने व्यक्तिले सोधेको प्रश्नको जवाफ नदिइ उनीहरु दुवैजना सरकारी गाडी हुँइक्याएर भागेको देखिन्छ । श्रेष्ठसँगै रहेकी सो युवती शहरी विकास विभागमै काम गर्ने इन्जिनियर रहेको बताइएको छ ।

सहायक सिडिओको नेतृत्वमा अनुसन्धान हुँदै : २ अभियोगमा कारवाही हुने

गृह मन्त्रालयको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले श्रेष्ठलाई कारवाही प्रक्रिया सुरु गरेको जानकारी दिए । उनले गृह मन्त्रालयको पत्र प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा अनुसन्धान समिति बनाएको उल्लेख गरे ।

उनले भने–‘हामी उहाँआबद्ध मन्त्रालय र विभागको राय लिन्छौँ । कोभिड संक्रमणको बेला जारी निषेधाज्ञामा गाडी किन चलाएको ? लकडाउनमा सरकारी सवारी साधान चलाएकोमा एउटा ढंगले कारवाही हुन्छ । अर्को सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी गाडीमा युवती लगेर अनुचित कार्य गरेको विषयमा विभागीय कारवाहीको रुपमा पनि जान्छ ।’

सार्वजनिक भएको भिडियो, मन्त्रालयको धारणा लिने, उनीहरुको क्रियाकलाप आदीबारे अनुसन्धान प्रतिवेदनका आधारमा कारवाही गरिने उनले बताए । रातोपाटी बाट साभार ।

सांकेतिक फाइल फोटो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज