यस्तो केटा साथी भेटियो भने बिबाह गर्छु
आज मंसिर १७ गते । हिजो १६ गतेको लगनमा धेरै जोडिहरू दाम्पत्य जिवनमा प्रवेश गरे । नेपाली समाजमा मंसिर बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।
मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई विभिन्न तरिकाले जिस्काउने, छेड हान्ने दबाब दिने र उत्साहित गराउने गरिन्छ । “बिबाह कहिले गर्ने ? यो मंसिर यत्तिकै खेर नजावस् है” भनेको नसुन्ने को अविवाहित होला र ?
पछिल्लो समय फोन, सामाजिक संजालको माध्यमको प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।
यसै सन्दर्भमा नयाँ दृष्टि डटकमले मंसिर, प्रेम र बिबाहबारे विभिन्न क्षेत्रमा कृयाशिल अविवाहित युवा ब्यक्तित्वहरू सँग कुराकानी गरेका छौँ । मंसिर, प्रेम र बिबाहलाई अविवाहित युवा पुस्ताले कसरी बुझेको छ ? कस्ता प्रश्नहरू सामना गरेको छ ? प्रस्तुत छ, रेडियो शारदा एफएम सल्यानका समाचार प्रमुख तथा कान्तिपुर टिभीको सल्यान रिपोर्टर सरिता चलाउनेसँग गरिएको रमाइलो कुराकानी ।
• सरिता चलाउने
म अहिले २४ बर्षको भए । बिबाह गर्ने बेला त भयो । तर बिहे भनेको एउटा दुर्घ ’टना जस्तो हो । जहाँ जतिबेला पनि हुन सक्छ र बिहे आफुले गर्छु भनेर हुने र गर्दिन भनेर नहुने कुरा पनि होईन जस्तो लाग्छ मलाई । किनकि त्यो त भाग्यमा नै लेखेको हुनु पर्छ । लगन जुरेको छ र भाग्यमा लेखेको छ भने मंसिरमा नै बिहे गर्नुपर्छ भन्ने पनि होईन ।
म अहिले नै बिहे गर्ने बिचारमा छैन । तर भाग्यमा लेखेको छ भने मैले भनेर पनि हुँदैन, हुन पनि सक्छ। बिहे गरे पछि सबै सकियो, काममा बाधा हुन्छ भन्ने त होईन, बिहे त गर्नु नै पर्छ तर केही सपना पुरा गरेर बिहे गर्ने मेरो बिचार छ ।
मान्छेका धेरै सपना हुन्छन तिनै सपना पुरा गर्नलाई दौडिदा, दौडिदा, बिहे भन्ने कुरा मन बाटै हराउदो रहेछ । म पनि सपनाहरूको पछी दौडिरहेकि छु । हेरौं, ति सपनाहरू पुरा हुन्छन कि हुदैनन । म कर्म र भाग्य दुबैमा बिश्वास गर्ने मान्छे भएकाले हरौं कस्तो हुन्छ ।
छिमेकीलाई जवाफमा हाँसो
अहिलेसम्म बिबाह गर्न भनी घर बाट दवाब नै त आएको छैन, तर घरमा हुर्केकी छोरी भएपछि आमा बुवाको एउटै चाहाना के हुँदो रहेछ भने हुर्के बढेको छोरी, राम्रो केटा खोजेर बिहे गर्दिन पाए हुन्थ्यो भन्ने हुँदो रहेछ ।
तर अहिले सम्म बिहे गर्नै पर्छ भनेर दवाव आएको छैन । कहिलेकाही घर परिवार आफन्तले भन्ने गर्नु हुन्छ अव त राम्रो केटा खोजेर बिहे गर, सधै यसरी जिन्दगी चल्दैन।
उहाँहरूका ति कुरा सुन्दा लाग्छ उहाँहरुले भनेको ठिकै हो भनेर अनि उहाँहरुको कुरालाई सहज रुपमा लिन्छु । छरछिमेकले सोध्नु हुन्छ – “अव तैले बिहे गर्ने होईन ? उमेर त भैसक्यो त? कहिले गर्छेस बिहे ? मंसिर जान लाग्यो त ।” यिनै प्रश्नको जवाफ मैले हाँसेर बाहेक बोलेर दिन सक्दिन ।
रहर, सपनाको यात्रामा बिबाह बिर्सियो
मान्छेका अनेकौं ईच्छा चाहाँना हुदो रहेछन । कुनै बेला, एसएलसी पास गरेर क्याम्पस पढ्ने, त्यसपछि सानो भएपनि जागिर खाने चाहाना थियो मेरो। जब, प्लस टु पास गरेर घरमा बसे, घरपरिवार बाट दवाव आउन थाल्यो – “सानो भएपनि जागिर खानु पर्छ तैले।” त्यसपछि रेडियोमा जागिर सुरु गरे ।
रेडियोमा काम गर्न थालेपछि अव केही गर्नुपर्छ भन्ने सोच आउन थाल्यो मनमा । अनेक कुरा मनमा खेल्न थाले, जसरी पनि मैले गाउँघर अनि समाजको भए पनि केहि त गर्नै पर्छ भन्ने भयो । तिनै कुराहरुलाई पुरा गर्दैजादाँ बिहेको कुरा सोच्न पनि सकिन मैले । बिहे भन्ने कुरा नै मन बाट बिर्सेर गयो जस्तो लाग्छ । तर बिहे त एकदिन गर्नु नै पर्छ भन्ने सोच भरी आउने गर्छ ।
अहिलेसम्म प्रेम सम्बन्धमा बसेको छैन
अहिले म प्रेम सम्बन्धमा त छैन र अहिलेसम्म पनि प्रेम सम्बन्धमा बसेको छैन । कसैलाई प्रेम गर्छु भनेर गरिने कुरा पनि होईन रहेछ । प्रेम सम्बन्धमा नबसेपनि कसैलाई प्रेम भने गरिदो रहेछ । समय सँगै दौडिने क्रममा कोहि त्यस्ता प्रेमिल मान्छेहरु भेटिन्छन, जुन मान्छे प्रेमको सुरुवात नगर्दै फरक भैदिन्छन ।
तर लाग्छ, एकोहोरो प्रेम भएपनि कसैलाई प्रेम गरिदो रहेछ । जसलाई प्रेम गरिन्छ, तिनै प्रेमिल मान्छे आफ्ना लागि कहिल्यै बनेका हुदैनन ।
यस्तो साथी भेटियो भने बिहे गर्छु
बिहे गर्ने जिवनसाथी त जसलाई पनि राम्रो होस भन्ने चाहाँना त हुन्छ नै, चाहे केटा होस या केटी । तर मलाई के लाग्छ भने मेरो जिवन साथी यस्तो होस, हरेक कुरा बुझोस, एक अर्कामाथि शंका नहोस, सुखमा भन्दा दु:खमा बढि साथ अनि सहयोगमा होस , रुप र धन भन्दा मनको सफा र मनको धनि होस । त्यस्तो साथी भेटियो भने बिहे गर्छु ।
यो पनि पढ्नुहोस :
अब ‘पन्चेबाजा’ मोबाईल एप बाटै खोज्नुहोस आफुलाई सुहाउदो जिवनसाथी
१७ मंसिर, काठमाडौं । प्रविधिको बिकासले मानब जीवनलाई एकपछि अर्को सरलता प्रदान गर्दै आएको छ । त्यस्तै सहजता अब बिबाह गर्नको लागि पनि हुने भएको छ । यदि बिवाहका लागि तपाई केटा वा केटीको खोजीमा हुनुहुन्छ भने तपाईले खोजे जस्तो वर वा वधू भेटाउन अब तनाब लिनु पर्ने छैन ।
तपाइँ घरमै बसीबसी पनि उपयुक्त वर वा वधू खोज्न सक्नुहुनेछ । त्यसको लागि ‘हाफफूल टेक्नोलोजी’ले बिवाहका लागि केटा वा केटी खोज्न सहयोग होस भन्ने हेतुले ‘पञ्चेबाजा’ एप ल्याएको छ । यस एपबाट तपाईले आफ्ना छोराछोरी वा अन्य कोही आफन्तका लागि कस्तो वर वा वधू खोज्न चाहानु भएको सोहीअनुसार खोज्न सक्नुहुनेछ ।
यदि तपाई आफैंपनि केटा वा केटीको खोजीमा हुनुहुन्छ भने यो एपकै माध्यमबाट खोज्न सक्नुहुनेछ । विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन् । नेपालमा पनि केहि अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन् ।
तर यि एपहरु भन्दा पनि थप परिस्कृत र उपयोगी एप हाफफूलले ल्याएको हो । गत दशैंअघि औपचारिक रुपमा सार्वजनिक गरिएको यस एपबाट भने डेटिङमात्रै होइन, जीवन साथी नै खोज्न सकिने छ । आफूले चाहेजस्तो वर वा वधू खोज्न सहज बनाउने उद्देश्यले नै एप ल्याइएको कम्पनीका संस्थापक/सञ्चालक सन्दिप पौड्याल बताउँछन् ।
यो एपले बिवाह गर्न केटालाई केटी र केटीलाई केटा खोजिदिन भूमिका खेल्नेछ । नेपाली सामान्य अर्थमा भन्नुपर्दा यसले लमीको काम गरिदिने सञ्चालक पौड्याल बताउँछन् । ‘अहिले ३ किसिमको विहे हुन्छ, एउटा मागी विवाह (एरेञ्ज), अर्को लभ म्यारिज र फेसबुक म्यारिज’ उनी भन्छन्, ‘फेसबुकबाटै चिनजान भएर बिवाह हुन थालिसक्यो, यो त फेसबुक भन्दा धेरै उपयोगी हुन्छ ।’
फेसबुकमा आफूलाई यस्तो मान्छे चाहियो भनेर खोज्न नसकिने तर यसबाट भने सकिने उनले बताए । अर्कोतर्फ फेसबुकमा नक्कली खाता बनाएर झुक्काउने कामहरु पनि हुन्छन् । तर यहाँ भने फेक अकाउन्ट बनाएर झुक्याउने सम्भावना कम रहेको पौड्याल बताउँछन् ।
कसरी प्रयोग गर्ने ?
यो एप एन्ड्रोइड मोवाइल र आइफोन दुबैमा उपलब्ध रहेको छ । प्लेस्टोर वा एप स्टोरमा गएर ‘पञ्चेबाजा’ एप डाउनलोड गरिसकेपछि तपाईले आफ्नो पोफाइल बनाउन सक्नु हुनेछ ।
तस्वीरसहितको प्रोफाइल बनाएपछि तपाईले चाहेको पार्टनर जुन समुदायको, कति शैक्षिक योग्यता भएको र जागिरे वा विदेशको पीआर भएको कस्तो चाहानुहुन्छ त्यो सूचनाहरु पनि उल्लेख गर्नुपर्नेछ ।
फेक प्रोफाइल नबोस भनेर अरु फोटो पछि सेल्फी फोटो पनि एपले अपलोड गर्नुस् भन्नेछ । सेल्फी र अन्य फोटो मिलेन भने एपले ‘रातो’ संकेत गर्नेछ । जसलाई शंस्कास्पद मान्न सकिनेछ । सेल्फी’ र अन्य तस्वीरहरु मिलेकेा अवस्थामा भने यो फेक होइन भनेर ‘हरियो’ चिन्ह देखिनेछ । झुक्याउनका लागि प्रोफाइल बनाउनबाट यसले रोक्नछ । भविष्यमा अझ धेरै सुरक्षा सतर्कता बनाउने कम्पनीको तयारीछ ।
प्रोफाइल बनिसकेपछि तपाईंले चाहेको सम्भावित को-को हुनुहुन्छ, उनीहरुलाई देखाउनेछ । मानौं, तपाइर्ंले काठमाडौं बस्ने इन्जिनियर चाहिएको छ भने सोही अनुसारको विवरण भर्नु पर्नेछ ।
त्यसपछि त्यहाँ भएका काठमाडौं बस्ने सबै इन्जिनियर देखाउनेछ । तपाईले चोहेको र उसले चाहेको कत्तिको मिल्यो भन्ने पनि देखाउँछ । त्यो हेरेर केहि आफू कम्परमाइज पनि गर्न सकिन्छ । कुन क्षेत्रमा रहेकेा मान्छे चाहियो त्यो राखेपछि त्यहीँ क्षेत्रको मान्छेमात्रै तपाईका लागि देखाउँछ । केटी खोजेको हो भने केटीमात्रै र केटा खोजेको हो भने केटामात्रै देखाउँछ ।
अहिले एपमा मात्रै रहेको र केहि महिनाभित्रै यसलाई वेवमा पनि उपलब्ध गराउने कम्पनीको तयारी छ । पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको छ । इन्टरनेटको पहुँच पनि गाउँगाउँमा पुगिसकेकाले यो यो एप नेपालीहरु माझ लोकप्रीय हुन सक्ने कम्पनीको अनुमान छ ।
डाउनलोडका लागि
गुगल प्ले: https://bit.ly/3kffe1Z
एपल स्टोर: https://apple.co/35iSBUl
प्रतिकृया दिनुहोस्