एउटै रेडियोमा काम गर्दागर्दै लव, रिसेप्सनमै प्रेम प्रस्ताव
मंसिर १२, सल्यान । अहिले मंसिर महिना चलिरहेको छ । यो महिनालाई नेपाली समाज र संस्कृतिमा बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।
मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई “कहिले बिहे गर्ने ? यो मंसिर यत्तिकै जानू हुदैन है ।” भनेर बिहेका लागि सामाजिक दबाब पनि दिने चलन छ ।
यद्धपि हाम्रो समाजमा बिबाह बारे खासै खुलेर कुरा नगर्ने र यसलाई लज्जाको बिषय जस्तो ठान्ने गरिन्छ । पछिल्लो समय फोने, ईन्टरनेट तथा सामाजिक संजालको माध्यम को प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।
यसै सन्दर्भमा मंसिर, प्रेम र बिबाहले जिवनमा पार्ने प्रभावबारे नयाँ दृष्टि डटकमले समाजका विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका ब्यक्तित्वहरू सँग कुरा गरेका छौँ । प्रस्तुत छ – युवा पत्रकार तथा रेडियो तहल्का सल्यानका स्टेसन म्यानेजर डिल्लीराज रावतसँग गरिएको कुराकानीको सार ।
डिल्लीराज रावत
• मैले २०६६ सालमा विवाह गरेको हु । त्यसबेला म २२ बर्षको थिए । हामिले प्रेम विवाह गरेकाले प्रेम विवाह गरेका हौं ।
एउटै रेडियोमा काम गर्दागर्दै लव
प्रेम सम्बन्धको कुरा गर्दा सायद उपन्यास बन्छ होला । तर साराशंमा है । २०६५ सालमा जिल्लामा संचालित रेडियो शारदामा काम गर्ने हामी दुवैका लागि प्रेम र विवाहको पहिलो माध्याम एउटै कार्यालय र उस्तै काम हो ।
एउटै संचार माध्याममा म कार्यक्रम संयोजक र उनि(प्रगती कुमारी गिरी) रिसेप्सनमा फोन उठाउने अभिवादन गर्ने (यसका अलावा हामी दुवै कार्यक्रम र समाचार पनि पढ्थ्यौं) कामदार बनेर काम गर्दा पहिला सामान्य चिनजान मात्रै भएका हामी पहिला भावनात्मक रूपमा नजिक भएका थियौं ।
रिसेप्सनमै प्रेम प्रस्ताव
उनलाइ मन पराउदै गएको मैले प्रेम प्रस्तावको निम्ती उपयुक्त समय खोजिरहेका बेला एक दिन रिसेप्सनमा नै एउटा कुरा गर्नुछ भन्दै केहि दिनको अन्तरालमा प्रस्ताव गरेको थिए ।
उनले यो कुरा मलाइ भन्दा पनि घरमा मेरो बुबालाइ भन्नुपर्छ भनेपछि मैले रेडियोको टावर छेउमा पुगेर फोन गरी तपाइको छोरीलाइ मन पराउछु भनेको भर्खर जस्तै लाग्छ ।
उनले ख्यालख्यालमै भनिछन उनि रेडियोको प्राविधिक कोठामा थिइन मैले साँच्चै उतिबेलै फोन गरे भनेपछि उनी राती पिरी देखिइन र भनिन -“कस्तो मान्छे क्या तपाइ मैले यो सोचेकै थिइन ।”
एक रातमा ५००/ का रिचार्ज
त्यसपछि विहान १० बजे भेट भएर बेलुका ५ बजे छुटिने हामी विचमा अफिसमा प्रेमका कुरा हुने भएन, राती पत्र लेखेर भोलिपल्ट कोठामा फर्कदा दिने काम चल्यो । त्यो मेरा तर्फबाट एकहोरो चल्यो । अनि उनले हरेक दिन उत्तर दिइनन मात्र मुस्कान दिइरहिन मैले त्यसैलाइ स्वीकारोक्ती ठानीरहे ।
केहिदिनपछि उनले मोवाइल किनिन हामीले दिउसो संगै हुदा पनि रातमा मोवाइलमा एक रातमा ५०० जति सक्थ्यौं (अहिले जस्तो भ्वाइसप्याक थिएन) हाम्रो प्रेमको विषयमा उनको परिवारमा स्वीकारोक्ती थिएन ।
त्यसपछि हामी छुट्टिएनौं
त्यसपछि उनी दशैको विदामा घर गइन त्यो समय उनलाइ घरमा कठिन भयो । उनको नमस्ते फोनले गाउँमा काम गर्दैनथ्यो बुबाले स्काइ मोवाइल दिने कुरा भएन । गाउँमा राखेको सिडिएमएबाट मलाइ कल गरिन र भनिन मलाइ अप्ठेरो छ म आउनेछु नभए फेरी फोन गर्छु ।
मैले हैन, म आउने भए आउछु भने तर उनले हैन म जसरी पनि आउनेछु भनिन यो विचमा हामीलाइ छुटाउने प्रयास बहुत भए । उनले बुबाआमालाइ फकाए म जसरी पनि तपाइहरूको इज्जत राख्नेछु भनेर खलंगा आइन ।
त्यसपछि हामी छुटिएनौं । माघमा त हाम्रो विहे नै भैसक्यो । जसबेला हामीले दुवैको घरमा जान लागे र आउन लागेको जानकारी दिएका थियौं । भागेर गएपछि पनि बुबा र दाइ उनलाइ छुटाइ ल्याउन मेरो घर पुग्नु भा को थ्यो ।
बिबाहले जिवनमा नयाँ उर्जा प्रदान गरेको छ
बिवाहले हाम्रो जिवनमा नयाँ उर्जा प्रदान गरेको छ । हामी १२ बर्ष अघि सल्यान खलंगा आउदा खालि हात शुन्य भएर आएका थियौं तर विहे हुदा सम्म हाम्रो खलंगा चिनजानमा नै वित्यो तर अहिले हामीले पैसा नभएपनि अन्य धेरै चिज कमाएका छौं ।
अर्कैको संचार माध्याममा काम गर्नेगरी र ३।४ हजारको तलवमा चित्त बुझाउने हामीले आफ्नै माताहतमा सल्यान लगायत आसपासका जिल्लासम्म सुनिने संचार माध्याम बनाएका छौं । जो हाम्रै लगानीका साथै अधिनमा संचालनमा छ भने विभिन्न संचार माध्याममा आवद्ध छौं ।
अहिले पनि दुवैजना पत्रकारीताबाट विमुख भएका छैनौ । प्रगती नेपाल पत्रकार महासंघ सल्यानको उपाध्यक्ष छन भने एक कार्यकाल पदाधिकारीमा अटेको म पनि २ कार्यकाल पत्रकार महासंघको सम्मानित पद केन्द्रिय सभाषद् छु ।
उ बेला कम्प्युटर चलाउने मान्छे नै कम हुन्थे त्यसमा पनि महिला कम्प्युटरमा पनि उस्तै दख्खल सबै कुरामा अब्बल देखेपछि नै मैले प्रेम र विहेको प्रस्ताव राखेको हु । विहे पश्चात कडा परिश्रम गरेर दिनरात कम्प्युटरको काम गरेका हामीले सायद लाखौ किताब टाइप गरेर वितायौ होला, तस्वीर पनि लाखौका खिच्यौ होला, त्यो व्यवसायलाइ पनि निरन्तरता दिइरहेका छौ ।
एकसाइड लव पनि गरेको थिए
त्यसकारण विवाहले हाम्रो जिवनमा राम्रो प्रभाव पारेको छ । मैले प्रगतिलाइ भेट्नुभन्दा पहिला अन्यलाइ पनि एकसाइडबाट मन पराए पनि भनेको थिएन ।
मेरो नजरमा परेका अन्य एकसाइडवाला प्रेमीका भन्दा मेरो वास्तविक प्रेमीकासंगको विवाहले मलाई विकास र प्रगतीमा अघि बढाएको छ । हामीलाइ लाग्छ निरन्तरता भएमा व्यक्तित्व विकास र प्रगती गर्न सकीन्छ ।
बिबाह: अनुशासन वा आचार संहिता
बिबाहित जिवन भनेको एउटा जीवनको अनुशासन वा आचार संहिता नै हो । अविवाहित हुदा त्यसको पालना नगर्दा पनि हुन्छ । अनुशासनमा हिड्नेले जिवनमा केहि न केहि गर्छ ।
पहिला बिबाह नहुदा जिवनमा गर्ने कामका बारेमा कहि छलफल हुदैनथ्यो तर विवाह भएपश्चात हरेक विषयमा छलफल हुने भएकाले काममा पनि सरलता र सहजता खोज्न दुबै दिमाग लाग्ने भएकाले विाहित जिवन सहज छ ।
घरकाले फुत्काइदेलान भनेर २२ बर्षमा बिहे
बिबाह आफुले केहि गर्न सक्छु भन्ने लागेपछि गर्ने । जसका लागि उमेर २० बर्ष काट्नु नै पर्छ नत्र कानुनले नै वर्जित गरेको छ, यो सहि पनि हो । बालविवाह नगर्ने, अहिले १४।१५ मा विहे गरेर बच्चाबच्ची भएकाहरू सम्बन्धविच्छेदको लाइनमा छन ।
तसर्थ थेग्न सक्ने भएपछि उमेर पुगेकाले गर्दा केहि हुन्न । उमेर त २५ बर्ष सम्म ठिक हो । मेरो २२ बर्षमा हुनुको कारण घरकाले फुत्काइदिन्छन की भनेर पनि हो नत्र मैले २५ आसपासमा सोचेको थिए ।
ब्यबस्थापनमा भरपर्छ
व्यवस्थापनका गर्न सकेमा छिटो गरेमा चाँडै बच्चाबच्ची हुने संयुक्त परीवार छ भने उनिहरू बाजे बज्यैसंगै हुर्कन पाए भने आमाबुवालाइ सहज हुने फाइदा तर एकातिर आफ्नो पढाइ लेखाइ तथा कामकाज छ भने त्यसमा केहि समस्या देखिने बेफाइदा हुन्छ ।
अर्को कुरा ढिलो गर्दा आफु सेटल भएर बच्चाबच्चिको पढाई लेखाइ व्यवस्थापन गर्न सकिने फाइदा भयो भने बुढो हुदा सम्म बच्चाबच्चिलाइ नै स्याहार्ने भयो भने दिक्क लाग्न सक्छ ।
बिबाह : बन्धन भन्दा बढि उर्जा
बिबाह बन्धन त हो नै तर त्यो भन्दा बढि उर्जा हो मेरो लागि अनुशासीत बन्न बन्धन बनेपनि बढि उर्जा बनेर आएको छ ।
अन्तमा, तपाइ (भुपिन) लाइ धन्यवाद । जसले हामीले भोगेको प्रेम र विवाह सम्बन्धी कुरा राख्ने अवसर दिनुभयो । यो हाम्रा लागि नयाँ भयो । छिटो र ढिलो बिबाहका फाइदा- बेफाइदा चैं तपाईंले आफ्नो फाउदाका लागि सोध्नुभयो जस्तो लाग्यो । 😂 २५ वरपरको तपाइको पनि यो मंसिरमा विहे हुनुपर्छ हाम्रो आशिर्वाद तथा कामना पनि छ ।
र यो पनि, कुन राशिका व्यक्तिले कुन राशिको जिवनसाथी बिबाह गर्नु उत्तम हुन्छ ?
प्रतिकृया दिनुहोस्