December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
‘बेहुली फ्रम मेघौली’ बन्यो इतिहासमै सर्वाधिक शोज पाउने फिल्म

‘बेहुली फ्रम मेघौली’ बन्यो इतिहासमै सर्वाधिक शोज पाउने फिल्म

भोलि असोज १७ गते विहीवारदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिले सम्मकै हालसम्मै सबैभनदा धेरै शो पाउने फिल्म बनेको छ । वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ ले ३३५ शो पाएको जानकारी दिएका छन् ।

काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो । अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका फिल्म रिलिज हुँदा पनि यति धेरै शो नपाएको उनको भनाइ छ ।

एकल रिलिज, फिल्मको हाइप र घटस्थापनाको विदाका कारण फिल्मले सर्वाधिक शोज पाएको देखिन्छ । यसमा ५० प्रतिशत मात्रै पनि पहिलो दिन फिल्मले अकुपेन्सी हासिल गर्न सकेको खण्डमा ‘ओपनिङ’ आक्रामक हुनेछ । फिल्मको सोमबारबाट देशभरका मल्टीप्लेक्सहरुमा एड्भान्स बुकिङ खुला भइसकेको छ । काठमाडौंका केही हलमा फिल्मको टिकट बुकिङ सुखद् देखिएको छ ।

‘केही नभने है, मेरी बुहारीलाई’ गीतका कारण चर्चामा रहेको फिल्ममा ‘स्टारकास्ट’ पनि बलियो छ । यसैले इनिसियल व्यापार राम्रो हुन सक्ने प्रक्षेपण गरिएको छ । लामो रेसको घोडा बन्न भने ‘वर्ड अफ माउथ’ बलियो हुनुपर्नेछ । ट्रेलर हेर्दा फिल्मले छोरीका लागि योग्य केटा खोज्न परिवारको गरेको संघर्षलाई हास्य शैलीमा प्रस्तुत गरेको देखिन्छ । ट्रेलरलाई प्रतिक्रिया उत्साहजनक मिलेको छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा लगानी उनीहरुकै छ । सजन काफ्ले र आकाश बरालको फिल्ममा लेखन तथा निर्देशन रहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज