April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
रोल्पाली गायक मन्जित पहाडीको “चरी पासैमा” बोलको गित बजारमा

रोल्पाली गायक मन्जित पहाडीको “चरी पासैमा” बोलको गित बजारमा

भुपेन घर्ती – रोल्पा ।

रोल्पाली गायक मन्जित पहाडीको नयाँ गीत “चरी पासैमा” बजारमा आएको छ ।

दर्जनौ गितको शब्द भरेका मन्जित पहाडीले भर्खरै अर्को नयाँ गित बजारमा लिएका हुन् । केहि गितमा पहाडीले आफ्नो स्वर भरे पनि प्राय उनको शब्द रहेका गितहरू साङ्गितिक बजारमा देख्न सकिन्छ ।

गायक शक्ति चन्द र गायीका चन्द्रीका रसाइलीको स्वरमा रहेको गीतको लय शब्द मन्जित पहाडिले गरेका छन ।

स्टुडियो मालश्रीमा रेकर्ड भएको गीत लाई गोबिन्द बाजुरालीले रेकर्डिङ र खड्क बाजुरालीले मिक्सिङ गरेका हुन । गीतको म्युजिक एरेन्ज पुर्ण संयोगले गरेका छन ।

निशान बानियाको निर्देशन रहेको यस गितको छायांकन सुरेश श्रेष्ठ गरेका हुन् । सुजन कोइरालाको सम्पादन रहेको गीतलाइ प्रीयाले मेकअप गरेकी छन । भिडियोमा रिना गुरुङ र अल्फाज साहको अभिनय रहेको छ ।

यो गित उनको आफ्नै मन्जित पहाडी अफिसियल युटुबबाट बजारमा आएको हो ।

भिडियो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज