April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
कहिले बन्लान सदरमुकाममा सार्वजनिक सौचालय ?

कहिले बन्लान सदरमुकाममा सार्वजनिक सौचालय ?

सम्पादकीय

सल्यान जिल्ला  खुल्ला दिसा मुक्त जिल्ला घोषणा भै सकेको छ ।तर यहाँको ,यथार्थ भने अलि भिन्दै देखिन्छ।सल्यान सदरमुकाम खलंगा बजारनै सार्वजनिक सौचालय बिहिन छ।बजारमा कतै पनि सार्वजनिक सौचालयहरु भेटिदैनन।सार्वजनिक सौचालयहरू नहुदा यहाँ आउने पर्यटक, सर्वसाधारण तथा सेवाग्राहीले सौच लाग्दा सास्ती बेहोर्नु परेको छ।खुल्ला दिसामुक्त जिल्ला घोषणा भैसक्दा पनि जिल्लाको राजनितिक तथा प्रसासनिक मुकामका रुपमा रहेको सदरमुकाम खलङ्गाका चहलपहल हुने मुख्य मुख्य स्थानहरुमा समेत सार्वजनिक सौचालय नहुनु बिडम्बना नै हो।सार्वजनिक स्थलहरुमा सार्वजनिक सौचालय बिना खुला दिसामुक्त जिल्लाको परिकल्पना गर्नु आफैमा अपुरो हुन्छ।

यहाँनेर एउटा प्रसिद्द भनाई पनि स्मरणीय छ-”कुनै देश बारे बुझ्न त्यस देशको राजधानी पढ्नु पर्छ ।” अर्थात कुनै पनि देशको आर्थिक,सामाजिक ( शिक्षा, स्वास्थ्य, रोजगारी ) साँस्कृतिक तथा राजनीतिक अवस्थाको प्रतिबिम्ब त्यस देशको राजधानीमा अभिव्यक्त हुन्छ।यसै भनाईलाई आधार मान्ने हो भने जिल्ला सदरमुकामले हाम्रो जिल्लाको सम्पूर्ण अवस्था लाई प्रतिबिम्बित गर्छ।अर्थात जिल्ला सदरमुकामको सभ्यता, भव्यता, शिष्टता, विशिष्टता, शिक्षा, स्वास्थ्य, सरसफाई, पुर्वाधार, सामाजिक , साँस्कृतिक सद्भाभले समग्र जिल्ला बारे एउटा खालको बुझाई तथा दृष्टिकोण निर्माण गर्न सहयोग गर्दछ।सदरमुकाममा पर्ने सकारात्मक प्रभावले समग्र जिल्ला बारे राम्रो सन्देस प्रबाह हुन सक्छ भने नराम्रो प्रभावले समग्र जिल्लाबारे गलत संदेश फैलिन सक्छ।त्यसैले जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, स्थानिय सरकार, सरकारी एवं गैरसरकारी संघ सस्था, नागरिक समाज, पत्रकार, बुद्दिजिबि लगायत सरोकारवाला सबैको यस बिषयमा बिशेष ध्यानाकर्षण हुन जरुरि छ।

हामीलाई सबैलाई थाहा छ ।जमाना पहिले जस्तो छैन।समय चेतना फेरिएको छ।खुल्लारुपमा दिसापिसाब गर्नु असभ्य मात्रै होइन, कानुनीरुपमा समेत दण्डनीय मानिन्छ।अझ आधुनिक युगमा त सार्वजनिक सौचालय हुनु या नहुनुलाई आर्थिक, सामाजिक, साँस्कृतिक बिकासको सुचकको रुपमा समेत हेरिन्छ।यस्तो अवस्थामा जिल्ला सदरमुकाममै सार्वजनिक सौचालय हुनु वा नहुनुले समग्र जिल्ला र जिल्लाबासीको इज्जत र प्रतिष्ठामा समेत असर गर्दछ।

अब खलंगा बजार जिल्ला सदरमुकाम मात्रै पनि होइन। देश संघीय प्रणालीमा गए संगै स्थानिय स्तरमा बलिया स्थानिय सरकारहरू गठन भएका छन। तिनै स्थानिय सरकार मध्ये शारदा नगरपालिका को मुटु समेत हो-खलंगा। यहि बाट शारदा नगरपालिकाको सम्पूर्ण भाग्य र भबिष्य निर्धारण हुन्छ ।स्थानिय सरकारको राजधानी मै सर्वसाधारणको लागी एउटा पनि सार्वजनिक सौचालय नहुनु पक्कै पनि राम्रो होइन ।अधिकार, स्रोत साधन र जनशक्तिले परिपूर्ण (स्थानिय सरकार) नगरपालिकाले इच्छा देखाएमा दुई चारवटा सौचालय निर्माण र व्यवस्थापन गर्नु कुनै ठुलो कुरा होइन।सदरमुकाम, नगरपालिका र समग्र जिल्लाको इज्जत सँगै सर्वसाधारण नागरिकको सुबिधाको लागी पनि सदरमुकाम खलङ्गामा छिट्टै सार्वजनिक सौचालयहरू बनुन।निदाएका वा निदाए जस्तो नाटक गरेका सम्बन्धित निकायहरूको निद्रा खुलोस।

भुमप्रकाश भण्डारी

-सम्पादक

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज