March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार

९ फागुन,काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ। ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज तेजावी सुन ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

आइतबार छापावाल सुन तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।