सल्यानमा एनएलजी इन्स्योरेन्स द्वारा भैंसी बिमाको रु. ६७,५०० दावी भुक्तानी हस्तान्तरण
मंसिर २७, सल्यान । सल्यानमा एनएलजी इन्स्योरेन्स कम्पनीले पशु बिमा अन्तरगत किसानलाई भैंसी बिमा बाफतको रु. ६७,५०० दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । जिल्लाको बागचौर नगरपालिकाका भैंसीपालक किसान रिमबहादुर कामीको बिमा गरेको भैंसी मरेपछि कामीलाई उक्त दावी भुक्तानी रकम हस्तान्तरण गरिएको कम्पनीका सल्यान शाखा प्रमुख बिमर्श प्रधानले बताए ।
सोमबार एनएलजी इन्स्योरेन्स कम्पनी द्वारा बागचौरमा आयोजित घुम्ती बीमा सेवा र कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल कार्यक्रममा भैंसी बिमाको उक्त दावी भुक्तानी रकम रिमबहादुर कामीको छोरीले ग्रहन गरेकी हुन ।
कम्पनीका क्षेत्रीय प्रमुख सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको घुम्ती बीमा सेवा र कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल कार्यक्रममा बागचौर नगरपालिका वडा नं २, का वडाध्यक्ष टोप बहादुर डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यलयका प्रमुख प्रकाश पौडेल, कृषी शाखाका प्रमुख एवम् कर्मचारीहरु, एनएलजी ईन्स्योरेन्स कंम्पनीका सल्यानका प्रमुख बिमर्ष प्रधान, पश्चिम रुकुमका प्रमुख मोहन बुढाथोकी र बागचौरका पशुपालक किसानहरु गरी जम्मा ५५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती डिसीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रमले यस क्षेत्रका किसानहरुले लाभ लिन सक्ने बताउदै कृषी बिमामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेभने कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाश पौडेलले कृषी बीमाको महत्व बारे प्रकाश पार्दै यस्ता किसिमको जनचेतनामुलक छलफल कार्यक्रम समय समयमा संचालन गर्दा बीमाको दायरा बढ्ने र धेरै किसानहरुले लाभ लिन सक्ने सुझाव दिएका थिए ।
सहभागी किसानहरुले बीमा अभिकर्ताहरुको संख्या कम भएकोले धरै किसानहरुले बीमाको लाभ लिन नपाएको गुनासो गर्नुको साथै बीमा अभिकर्ताको संख्या बढाउन अनुरोध गरेका थिए ।
कार्यक्रमका अध्यक्षता गर्नु भएका एनएलजी ईन्योरेन्स कम्पनी लिमिटेड क्षत्रिय कार्यालय नेपालगन्जका प्रमुख सुनील श्रेष्ठले कार्यक्रमको उद्धेश्य र महत्वको बारेमा प्रकाश पार्दै किसानहरूको समस्यालाई चाडै नै सम्बोधन गर्दै जाने र अभिकर्ता तालिम तत्कालै संचालन गरीने बताए ।
प्रतिकृया दिनुहोस्