January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, पुस १६

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६३ रुपैयाँ तोकेको छ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १५२ रुपैयाँ र तेस्रो वर्गका लागि १५३ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ।

त्यस्तै, निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले घटाएको छ।

प्रेस विज्ञप्ति