सल्यानमा हिमालयन बैंकको वितीय साक्षरता कार्यक्रम सम्पन्न
२० चैत , सल्यान । सल्यानको मार्केमा हिमालयन बैंकले वितीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।
बैंकले शनिवार जिल्लाको सारदा नगरपालिका ७ मार्के स्थित त्रिभुवन जनता मा विमा ग्लोबल मनि सप्ताह अन्तर्गत वितीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
कक्षा ११/१२ मा पढ्ने विद्यार्थीकोलागि वितीय सम्बन्धि आधारभुत ज्ञान साक्षरता तथा जनचेतनामूलक जानकारी दिइएको थियो ।
हिमालयन बैंक प्रदेश प्रमुख गुरु प्रशाद पुडासैनीकाे प्रमुख आथित्यता र विद्यालयका निमित्त प्रधानध्यापक बेदराज अधिकारीकाे आथित्यतामा सम्पन्न कार्यक्रममा हिमालयन बैंक सल्यान शाखा प्रमुख सनत विकले बैंक तथा वितिय सस्था को उदेश्य, आवश्यकता र महत्त्वका बारेमा बिष्लेण गरेका थिए ।
प्रतिकृया दिनुहोस्