स्मरणमा वि पि कोइराला
बिर बहादुर सेजवाल
विश्वेश्वर प्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गतेका दिन भएको थियो र उनको राजनीतिक जीवनको प्रारम्भ भने भारतको स्वतन्त्रता आन्दोलनबाट भएको पाइन्छ ।
सो आन्दोलनमा संलग्न भएको कारणले विश्वेश्वर प्रसाद कोइराला र उनका सहोदर दाजु मात्रृका प्रसाद कोइराला इ.सं १९३० मा तीन महिनासम्म बेलायत सरकारले कारावास पु¥याएको थियो ।
तत्पश्चात सार्थक रुपमा उनको राजनीतिक जीवनले गति लिएका पाइन्छ । उनले सन् १९३२ मा उच्च माध्यमिक शिक्षा भारतको वनारसबाट पूरा गरेको पाइल्छ भने तत्पश्चात भारतकै वनारस विश्वविद्यालयबाट राजनीति शास्त्र र अर्थशास्त्र विषयमा स्नातक एवम् कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर उपाधि प्राप्त गरेको पाइन्छ ।
दोश्रो विश्व युद्धतिर अर्थात् इ.सं. १९४२ देखि १९४४ सम्म उनलाई ब्रिटिस सरकारले जवरजस्ती रुपमा सैनिकमा भर्ना गरेको थियो । सैनिकबाट छुटेपछि बि पि ले इ.सं. १९४७ मा नेपाली राष्ट्रिय काँग्रेस पार्टीको गठन गरेकोे र जो पछि गएर नेपाली काँगे्रस पार्टीको नामले स्थापित हुँदै हालसम्म पनि कायम रहेको छ ।
वि पि ले सन् १९४७ मा बिराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेकोले तत्कालिन नेपाल सरकारले अभियोग लगाइ उहाँलाई १ बर्ष जेल सजाय गरेको थियो । उहाँ प्रजातन्त्रका हिमायति भएकोले इ. सं. १९५१ मा नेपालमा जहानिया राणा शासनको अवसानका लागि राजनैतिक तथा सैनिक संघर्ष प्रारम्भ गर्नु भएको थियो ।
अन्ततः राणा शासनको अवसान भयो र नेपालमा २००७ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । तत्पश्चात मोहन शमशेरको नेतृत्वमा बनेको नयाँ सरकारमा वि पि कोइराला गृहमन्त्री बन्न पुग्नु भयो ।
वि पि कोइराला अन्तर्राष्ट्रिय तथा वहुआयामिक प्रतिभाका धनी त्यत्तिकै हुनु भएको थिएन उहाँको राजनीतिक चिन्तन, त्याग , संस्कारी स्वभाव , निरन्तर अध्ययन , दर्शन तथा साहित्यिक ज्ञान र लेखनका साथै राष्ट्र , राष्ट्रियता , प्रजातन्त्र र समाजवादप्रतिको आस्था र विश्वास मूल कडीको रुपमा रहेको थियो ।
यसका साथै आम नेपालीको स्वतन्त्रता , स्वाभिमान, जनजिविका , मानव अधिकारको रक्षा, शिक्षा , स्वास्थ्य लगायत समृद्ध नेपाल बनाउन एवम् राष्ट्रिय एकताका लागि भिजन , मिसन र ड्रिमको समिश्रण तयार पार्नु भएको थियो ।
जवकी उहाँले वि. सं. २००६ सालमा तयार पार्नु भएको नेपाली काँग्रेसको घोषणा पत्रमा सर्वप्रथम संविधान सभाको निर्वाचन तथा त्यसबाट गठित संविधान सभाका सदस्यहरुबाट नेपाली जनताको अनुहारमा खुशीका किरण छर्ने प्रकारको प्रजातान्त्रिक संविधान र कानूनको निर्माण गरी विधिको शासन संचालन गर्ने कुरा उल्लेख गर्नु भएको थियो ।
तदनुरुप २०१५ सालको आम निर्वाचनमा दुइ तिहाइ बहुमत प्राप्त गरी वि पि कोइराला प्रथम जननिवार्चित प्रधानमन्त्री भइ सो पदमा पदासिन भएतापनि तत्कालिन राजा महेन्द्रले कु गरेपछि दुर्भाग्यवस उहाँको कार्यकालमा सो काम पूरा हुन नसके पनि नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वमा संविधान सभाले तयार पारेको संविधानको घोषणा भयो ।
विपि को ब्यक्तित्व:
नेपाली राजनीतिका हालसम्मकै सुपर स्टारको रुपमा स्थापित वि पि कोइरालाको ब्यक्तित्वको चर्चा गर्नु पर्दा उहाँ वाह्य तथा भित्रि दुवै रुपमा योग्य , दक्ष , दूरदर्शी , साहसी तथा ओजस्वी (Charismatic) नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दा न्याय नै हुन जान्छ होला ।
राजनीतिमा अशल श्रोता अनि अशल नेता अर्थात् (Good listener – Good leader) भनिन्छ र मानिन्छ पनि । सो गुण वि पि कोइरालामा प्रचुर मात्रामा रहेको पाइन्छ ।
उहाँले मूलतः किसानको उत्थान गर्ने र कृषि ब्यवसायलाई क्रान्तिकारी परिवर्तन गर्न अभियानको थालनी गर्नु भएको थियो । जसको ज्वलन्त उदाहरणको रुपमा “जग्गा जोत्नेको , घर पोत्नेको” अर्थात (Land to the tiller) भनी क्रान्तिकारी भूमी सुधार लागू गर्नु भएको थियो ।
स्मरणीय कुरा के छ भने तत्कालिन समयमा क्रान्तिकारी भूमी सुधार कार्यक्रम लागू गर्नु भनेको जीवन मरणको कुरा रहेको थियो जवकी त्यतिखेर भू सामन्तिको जगजगी रहेको थियो |
किसानको लागि एउटा सानो घर , दूध खानलाइ एउटा गाई अनिवार्य रुपमा हुनुपर्ने कुरा उहाँले उद्घोष गर्नु भएको थियो । उहाँले तत्कालिन समयमा पनि दलित , जनजाति, महिला लगाएतलाइ समेत राजनैतिक मूलधारमा समावेश गर्नु भएको थियो ।
उहाँको अद्भूत करिष्माका कारणले तत्कालिन समयमा भारतका ज्वाहरलाल नेहरु , चीनका नेता तथा अन्य मुलुकका नेताहरुले समकक्षीको रुपमा अशल ब्यवहार गर्दथे तर हाल सो कुरा नेपाली नेताहरुमा विरलै पाइन्छ ।
उहाँले राजनैतिक , कुटनैतिक जो सुकै हवस् अन्य मुलुकका नेताहरुसँग स्पष्ट र ढुक्कसँग वार्ता गर्न सक्ने प्रचुर क्षमता थियो । उहाँ भाषिक हिसावले पनि अंग्रेजीमा राम्रो दख्खल राख्नु हुन्थ्यो ।
विपि को कृतित्व:
वि पि कोइराला राजनैतिक रुपमा मात्र होइन की साहित्यको विविध विधा , दर्शन तथा समालोचनको क्षेत्रमा पनि सफल र सबल ब्यक्तित्वको रुपमा आफूलाइ उभ्याउन सक्षम हुनुभएको पाइन्छ । विगतदेखि हालसम्म उहाँका साहित्यिक कृतिहरु विद्यालय तहदेखि उच्च तहसम्म अध्ययन गरिएको पाइन्छ ।
उहाँका कृतिहरु राष्ट्र , जनता , समाज , ब्यक्ति तथा हरेक क्षेत्रका लागि मार्ग चित्र तथा सन्देशको रुपमा रहेका छन् । मुलुक, समाज , सामाजिक परिवेश , विज्ञान , कुरिती , संस्कार , संस्कृति ,कला , साहित्य , कथा , निबन्ध लगायतका क्षेत्रमा उहाँका कृति उत्तिकै महत्वपूर्ण र जिवन्त रहेका छन् । स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नव चिन्तन , नयाँ आयाम , नयाँ परम्परा र नयाँ शैली पस्कन सफल हुनु भएको छ वि पि कोइराला ।
उहाँले ब्यस्त समयका वावजूत पनि लेखेका केहि उपन्यासहरुमा तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाई, मोदिआइन, हिटलर र यहुदी , बाबु आमा र छोरा मूल रुपमा रहेका छन् भने कथाहरुमा दोषी चश्मा , श्वेत भैरवी प्रमुख रुपमा रहेका छन् । यसै गरी जीवनीमा आफ्नो कथा र जेल जर्नलले ख्याति प्राप्त गरेका छन् । उहाँका अन्य थुप्रै पठनयोग्य पुस्तकहरु रहेका छन् ।
समग्रमा भन्नुपर्दा वि पि ले Big dream , Big achievement Grass root level बाट उत्थानका योजना उठान गरेको पाइन्छ । उहाँको राजनीतिक तथा साहित्यिक दुवै प्रसंगले जनजिविका , जनताको सार्वभौमसत्ता , मानव अधिकार, न्यायिक समाजको परिकल्पना , विधिको शासन , समानता , समता , सहभागिता , विभेदीकरण , अशल शासनको विषयलाई इङ्गित तथा मुखरित गर्न खोजेको स्पष्ट हुन्छ ।
यसर्थ वि पि को परिकल्पना अनुरुप मुलुकलाई Freming गर्न सकियो भने सुखी नेपाली , समृद्ध नेपाल बन्न कुनै अड्चनको उपस्थिति हुन नसक्ने कुरामा ढुक्क हुन सकिन्छ । अतः उहाँ सधैँ हाम्रो मानसपटल तथा स्मरण रहिरहनु हुने छ ।
प्रतिकृया दिनुहोस्