December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
कोरोना भाइरसबाट अर्थतन्त्रलाई बचाउन बैधानिक गाँजा खेती गरौँ

कोरोना भाइरसबाट अर्थतन्त्रलाई बचाउन बैधानिक गाँजा खेती गरौँ

बिकास डिसी

कोरोना भाइरस (कोभिड-१९) अन्त;लगतै बिश्व लगाएत नेपालमा आर्थिक मन्दी, करोडौं बेरोजगार, भोकमारी लगाएतका यावत आर्थिक सङ्कट आइपर्नेमा दुबिधा छैन। रोजगार पाएकाहरु बेरोजगार हुँदै गर्दा, हामी बेरोजगारलाई ”रोजगार दे” नेपाल सरकार भन्नुनै मुर्खतापुर्ण हुन्छ। यसर्थ यस्तो जटिल अवस्थामा नेपालको सन्दर्भमा अर्थतन्त्रलाई बचाउन एउटै बिकल्प हुन्छ त्यो हो बैधानिक गाजा खेती र आधुनिक कृषि क्रान्ति…..।

२/४ दिन अघि मात्र निधन हुनुभएका बाजेले भनेको एउटा कुरा अझै सम्झिरहन्छु – ‘अंग्रेज़हरु आफ्नो चुरोटको व्यापार गर्न, बिश्वकै उत्कृष्ट नेपालको गाँजालाई निश्चित भुरे-टाउकेहरु संग मिलेर गाँजालाई अबैध बनाइ चुरोट ब्यापार गर्न सफल भए।’ त्यही चुरोटको सिकार बनेका माइला बाजेको केहि दिन अघि मात्र निधन भो।

चिनको हुवान बाट सुरु भएको COVID-19 केहि महिनामै बिश्व महामारीको रुपमा फैलिएको छ। हालसम्म २१ लाख भन्दा धेरै सङ्क्रमित मध्ये १ लाख दशौ हजार भन्दा धेरैको ज्यान गइसकेको छ। विश्व लकडाउनको स्थितिसम्म आइपुग्दा पनि भाइरस संक्रमण दिनानुदिन वृद्धि भएको अबस्था छ। भाइरसको असरले बिश्व लगाएत नेपालको अर्थतन्त्रमा कति असर पार्ने हो,त्यो हामिमा नै निर्भर छ। किनकी हामी जति सजक भयौ, त्यति नै छिटो भाइसर नियन्त्रण आउन सक्छ।

आज बिश्वका धनी, गरिब, विकसित, अबिकसित सबै देशहरु भाइरसकै विरुद्धमा युद्ध लडिरहेका छन। सबै समस्याहरु समाधानको बीउ बोकेर आएका हुन्छ्न। समस्या एक्लै आउदैन। साथमा अबसरहरु पनि लिएर आएका हुन्छन।त्यसैले COVID-19 भाइरस विरुद्ध उच्च- मनोबलका साथ WHO र नेपाल सरकारका का मापदण्ड पालन गरौ ।

साथै कुनै पनि मुलुक सङ्कटको बेला त्यो राष्ट्र कति स्वाभिमान पुर्वक उभिन सक्छ भन्नका लागी त्यस राष्ट्रको कृषि उत्पादन कस्तो छ? त्यसमा भर पर्छ। यदि कुनै पनि राष्ट्र कृषि उत्पादनमा आत्मनिर्भर छ भने जस्तोसुकै संकटापन्न अबस्थामा पनि त्यो राष्ट्र आफुलाइ ठिङ्ग उभिन सक्छ । के हाम्रो देश यो सङ्कट संग जुध्न सक्ला त ? यसबारे अध्यन गरौ……

जनसंख्याको आधारमा बिश्वमै पहिलो र दोस्रो देश चीन र भारतमा भाइरस अनियन्त्रित भयोभने र ती दुई देश संग हाम्रो राजनीतिक, साँस्कृतिक, ब्यापारिक लगाएत खुल्ला सिमा सम्बन्धले यो सङ्केत गर्छ कि जब सम्म चीन र भारतमा भाइरस नियन्त्रणमा आउदैन तब सम्म नेपाल कोरोना फ्री देश बन्नै सक्दैन। त्यो बेलासम्म आपूर्ति लगाएत जटिलता, भोगमारी, बेरोजगारी, आर्थिक मन्दीको भार देशले थेक्न नसक्ने अवस्था आउन सक्छ।

समृद्ध नेपाल सुखी नेपाली….नाराले मात्र देश समृद्ध बन्दैन। जबसम्म आफ्नो देशको जमीन बाजो राखेर बिदेशिनु पर्ने स्थिति हुन्छ तबसम्म समृद्धको कल्पना गर्नु मुर्खता नै हुन्छ। नेपाल क्षेत्रफलमा तुलनात्मक हिसाबले ठुला देशहरु भन्दा सानै भएता पनि ७७ जिल्लामा बिभाजीत छ। कुनै जिल्लामा स्याउ, मकै, कोदो, यार्सागुम्बा, पाँचऔले, सुन्तला, काफल आदि पाउछ भने कुनै जिल्लामा धान, गहु, भट्टमास आदि। नेपालको हावापानीले प्राय : उत्पादन एक जिल्लामा पाइने र अरु जिल्लामा नपाइने गर्छ । तर गाजा मात्र त्यस्तो चिज हो, त्यसलाई नेपालको कुनै हावापानी, भौगोलिक बनावटले छेक्दैन। जो ७७ वटै जिल्लामा न्यून परिश्रमले राम्रो उत्पादन हुन सक्छ । जो बिश्वमा २२ खर्ब भन्दा बढी इन्टरनेसनल मार्केट छ। जहाँ सम्म कि नेपालको कुल बजेट त्यो भन्दा निकै सानो हुन्छ।

बिकसित देशहरु- अमेरिका, क्यानडा, यूरोप, अष्ट्रेलिया लगायतका देशमा जागा बैधानिक छ। करोडौं, अरबौ ब्यापार हुन्छ। औसधि बनाउछन ।बिक्रि गर्छ्न र अरबौ रेमिटेन्स भित्र्याउछ्न। त्यही गाजा लगाएत बाट बनाएका औषधि नेपाल, कंगो, पाकिस्तान, यमन, युगान्डा, हाइटी…आदि पठाउछ्न । जहाँ गाजा अबैधानिक छ। यसरी सरसर्ती….हेर्दा यस्तो लाग्छ कि-आर्थिक क्रान्तिको लागी बैधानिक गाजा खेती र कृषि क्रान्तिको विकल्प नेपाल संग छैन।
तसर्थ
१- चीन र भारत बाट खाद्यान्न लगाएतका सामान सिमित हुँदै बन्द हुन सक्छ । भोकमारी बाट जनता बचाउन आयत र भण्डारणमा ठोस कदम चालियोस।

२- जहाँ जस्तो खेती फल्छ त्यहा त्यस्तै खेतीको लागी सरकारले बीउ-बिजन उपलब्ध बनाओस। बाख्रा, गाई, कुखुरा, भैंसी पालक कृषक लाई झनै प्रोत्साहन गरोस् ।

३- ७७ वटै जिल्लामा न्यून परिश्रम बाट उत्पादन हुने- गाँजालाई खेतबारी, पाखापखेरामा उत्पादन गर्न र त्यसको बिक्री बितरणको जिम्मा सरकारले लेओस।

४- गाँजा लगाएत कृषि उत्पादनमा असिनापानी, हावाहुरि, आगलागी जस्ता प्रकोपबाट उत्पादन नष्ट भएमा सरकारले किसानलाई क्षतिपूर्ति दिने ब्यबस्था होस।

५- गाजाखेती र ओसारपसार गरेको नाममा जेलमा फसाएका १०/१२हजार लाई जेल मुक्त गरियोस।

६- उत्कृष्ट उत्पादक लाई पुरस्कृत गर्ने ब्यबस्था होस।

बिगतको भुकम्प पश्चात-निश्चित स्वार्थ बिर्षेर जसरी नेताहरुले एकजुट भएर संविधान लेखे। फेरि नेपालले अर्को मौका पाएको छ। कोरोना महामारी पश्चात नेताहरुमा बुद्धि फेरि फिरोस। अमान्य सन्धिहरुकै कारण बिदेशिनु पर्ने परिस्थिति बाट मुक्त बनाइ स्वदेशमै आत्मनिर्भर जनता बनाउन सके मात्र समृद्धि नेपाल खुशी नेपालीको नारा सार्थक हुन्छ।