June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सल्यानको शंख पार्क उद्घाटन हुँदै: काङ्ग्रेस नेता प्रकाश शरण महत आउने

सल्यानको शंख पार्क उद्घाटन हुँदै: काङ्ग्रेस नेता प्रकाश शरण महत आउने

२४ फागुन, सल्यान।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको शंख पार्क यहि चैत ६ गते विधिवत रुपमा उद्घाटन गर्ने भएको छ।

नेपाली काङ्ग्रेसका केन्द्रीय प्रबक्ता एवम पुर्व प्रराष्ट्रमन्त्री प्रकाश शरण महतले उक्त पार्क उद्घाटन गर्ने भएका हुन।

छत्रेश्वरी गाउँपालिका सल्यानले डेढ करोड बढी लगानीमा शंख पार्क निर्माण गरेको हो। 

निर्मित शंखको आकृति नेपालकै सबभन्दा ठूलो आकारको भएको दाबी गरिएको छ।

त्यही भएर पार्कभित्र शिवले सतिदेवीलाई बोकेको मूर्ति पनि निर्माण गरिएको छ।

पार्क भित्रै परम्परागत मौलिक प्रकृतिको खरले छाएको झुपडी पनि निर्माण गरिएको छ।

चर्चित धार्मिकस्थल  शंखमूल शारदा पुलदेखि झन्डै ४ सय मिटर जति उत्तर पश्चिम राप्ती राजमार्गको नजिकै अवस्थित छ। 

स्रोतका अनुसार शंख निर्माण गर्न मात्रै ३१ लाख बढी खर्च भएको छ। काठमाडौंको शंखमूलमा निर्मित शंखभन्दा सल्यान शंखमूलको आकार ठूलो छ।
शंख पार्क निर्माण गरिएपछि त्यहाँ सर्वसाधारणको भिड लाग्ने गरेको छ।