June 15, 2026, Monday
२०८३ असार १, सोमबार
कर्मचारीको मनपरि तन्त्र कार्यालय नपुगी  ठोक्छन आफ्नो हाजिरी

कर्मचारीको मनपरि तन्त्र कार्यालय नपुगी ठोक्छन आफ्नो हाजिरी

१० फागुन हुम्ला। हुम्लाको अदानचुली गाँउपालिकामा कार्यरत कर्मचारीले महिना नबित्दै आफ्नो हाजीर लगाउने गरेका छन।

गाँउपालिमा कार्यालय सहयोगीको रुपमा कार्यरत अदानचुली १ का मोतीलाल दानीले फागुन महिनाको पुरा हाजीर लगाएर आफ्नो घरको काममा व्यस्त भएका हुन।

अचम्मको कुरा त के छ भने फागुन महीना ३० गते सम्म मात्र छ भने दानीले उनले ३१ गते सम्म हाजीर लगाई सकेका छन।

दानी एक पात्र मात्र हुन । गाँउपालिको हाजीर फाईल अनुसार निमित्त प्रमुख प्रशासकिय अधिकृत टंकदत्त प्याकुरेल, र लेखापाल दत्तबहादुर थापाको भने यो बर्ष भरी एक दिन पनी हाजीर छैनन ।

इन्जिनियर मकर ध्वज शाहीले भदौ सम्म लगाएका छन भने सूचना तथा संचार प्रविधि अधिकृत सुरेन्द्र फडेराले कात्तिक सम्म हाजीर भएका छन ।

उच्चतहका कर्मचारीहरु नै धेरै महिनाको हाजीर एकै पटक लगाउने गर्दछन । यस गाँउपालिमा कार्यरत सबै कर्मचारीले सरकारी कार्यालयको नियम अनुसार काम गरेको पाईदैन।

हाजीरमा हेर्ने हो भने केहि कर्मचारीको मंसिर महिना देखि हाजिर नलगाएको देखिएको छ भने केहि कर्मचारीको यस वर्ष भरी हाजीर नै नभएको पाईन्छ । कर्मचारीले धेरै महीनाको एकैपटक मनपरी तरीकाले हाजरी लगाउने गरेका छन।

कर्मचारी नै कार्यायलमा नभए पछि हाजीरलाई महत्व नदिएका हुन् । यस गाँउपालिकामा कार्यरत कर्मचारी कति हुन? नियमित हाजीर हुने कर्मचारी कती के छ? भन्ने बिषयमा जानकारी दिने कोहि छैनन।

अदानचुली गाँउपालिको कार्यालयको काम कार्य अस्तव्यस्त अवस्था रहेको छ ।

यस बिषयमा जानकारी लिन खोज्दा निम्ति प्रमुख प्रशासकिय अधिकृत टकदत्त प्याकुरेलले फोन उठाउनु भएन ।