April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
सल्यानको रेडियो तहल्का एफएमको ट्रान्समिटर चोरी

सल्यानको रेडियो तहल्का एफएमको ट्रान्समिटर चोरी

पौष ३०, सल्यान । सल्यानको रेडियो तहल्का एफएम ९१.९ मेगाहर्जको ट्रान्समिटर चोरी भएको छ ।

रेडियोको जिल्लाको बागचौर नगरपालिका वडा नं ३, पुतलीवासमा रहेको १०० वाटको ट्रान्समिटर गएराति चोरी भएको स्टेसन म्यानेजर डिल्लीराज रावतले बताए ।

ट्रान्समिटर चोरी भएपछि रेडियोको प्रसारण बन्द भएको छ भने खोजतलासको लागी प्रहरीमा उजुरी गरिएको स्टेसन म्यानेजर रावतले बताए ।