April 30, 2026, Thursday
२०८३ बैशाख १७, बिहीबार
कांग्रेस सल्यान अधिबेशन : १ हजार १ मत गणना हुदा धुर्व पुरीले लिए अग्रता

कांग्रेस सल्यान अधिबेशन : १ हजार १ मत गणना हुदा धुर्व पुरीले लिए अग्रता

मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा १ हजार मत गणना हुदा सभापति पदमा धुर्वराज पुरीले अग्रता कायम गरेका छन ।

९०१ सय मत गणना हुदा सभापतिमा केश बहादुर बिष्टले अग्रता लिएपनी १ हजार मत गर्दा उम्मेदवार धुर्वराज पुरीले अग्रता कायम गरेका हुन ।

१ हजार मत गणना हुदा पुरीले ४९८ मत पाएका छन भने बिष्टको ४८८ मत रहेको छ ।


त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन भने सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकीले लिड गरेकाछन ।

सहसचिवमा जनकराज गौतम र खिमबहादुर रावतले अग्रता कायम गरेका छन ।

हेर्नुहोस मत परिणम :

सभापति
केश बहादुर बिष्ट : ४८८
ध्रुब राज पुरी :-४९८

उप-सभापति
गोपाल बुढाथोकी:-४२२
चक्र बहादुर देवकोटा:- ४७८
दिल्ली बहादुर बुढाथोकी:-४५२
सन्तोष के.सी:- ४९९

सचिब
प्रकाश भण्डारी:-५६६
लोक राज आचार्य:-३९७
एक राज बुढाथोकी:-४६१
दिल्ली प्रसाद जैसी:-४३८

सह-सचिब
खिम बहादुर रावत:-४६३
जनक राज गौतम:-५१०
पदम बहादुर बुढाथोकी:-४६२
बुद्धि प्रकाश हमाल:-४६१