गजल:सिमानामा गोर्खालीले बहादुरी देखाउनु छ
गजल
१ )
सिमानामा गोर्खालीले बहादुरी देखाउनु छ
बिस्तारवादि छिमेकीको घुडा फेरी टेकाउनु छ
नालापानी खलंगामा निशानी छ बलभद्रको
स्वाभिमानको रगतले ईतिहास लेखाउनु छ
मुखमा रामराम भन्दै वगलीमा छुरा राखी
अति भयो ज्याजती तेरै ढाड सेकाउनु छ
अब आँखा लाउन नदिउ, नदिउ पाईला टेक्न
सबै मिली दुष्टलाई अलि बढि चेताउनु छ
कालापानी लिपुलेक लिम्पीयाधुरा सुस्तातिर
वैरीको कालो छाया पाईला समेत मेटाउनु छ

२)
धर्ति गगन भए जस्तै खास हुनुपर्छ
मन जोड्न सम्बन्धमा विश्वास हुनपर्छ
बाँचुन्जेल अंगालोमा बाधिनु छ भने
मेरो मुटु भित्र तिम्रो बास हुनुपर्छ
जिन्दगीमा खुसि साट्ने चाह भए प्यारी
हरीयाली वसन्तको मधुमास हुनुपर्छ
सिक्नुपर्छ एउटा आगो अर्काे पानी बन्न
खुसी हुन रीसको गति ह्रास हुनुपर्छ
त्यति माया गर मलाई जति गर्न सक्छौ
प्यारको पाला भराएर मिठास हुनुपर्छ
टोप बहादुर गिरी
त्रिवेणी गाउपालिका ९ रुकुम पश्चिम












प्रतिकृया दिनुहोस्