June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
नेकपा (एस) ले टुङ्ग्यायो महासचिव सहित १२ जना पदाधिकारी, झाक्री पनि पदाधिकारीमा

नेकपा (एस) ले टुङ्ग्यायो महासचिव सहित १२ जना पदाधिकारी, झाक्री पनि पदाधिकारीमा

असोज ०७, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा‍ बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा। गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए ।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।