राप्रपा नेता राजेन्द्रवीरले पठाएको स्वास्थ्य सामाग्री जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण
जेठ ०१, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, पूर्ब केन्द्रीय सह- महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजेन्द्रबीर रायले जिल्ला अस्पताल सल्यानलाई पठाउनु भएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
सल्यान जिल्लामा फैलदो कोरोना भाइरस (कोभिड -१९ ) को महामारीलाई दृष्टिगत गरि उहाँले जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर, स्वस्थ्यकर्मी तथा संक्रमितलाई आवस्यक पर्ने स्वास्थ्य सामग्री पठाउनु भएको हो ।
सल्यान खलंगा बयलडाँडामा जन्मिइ नेपालगन्जलाई कर्मथलो बनाउनु भएका नेता रायले जिल्ला अस्पताल सल्यानका डाक्टरहरूको परामर्शमा अस्पताललाई १० हजार थान सर्जिकल माक्स, १ हजार जोडी सर्जिकल ग्लोब्स, २० थान अक्सिमिटर, १० थान इन्फ्रारेड थर्मल गन, २० थान डिजिटल थर्मामिटर, २० लिटर सेनिटाइजर र ५० थान फेस सिल्ड पठाउनु भएको हो ।
उक्त स्वास्थ्य सामाग्री पार्टीका राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला विपत व्यवस्थापन समितिका संयोजक’ पार्टीको केन्द्रीय सदस्य वडा नम्बर ३ का जनप्रतिनिधि महिला वडा सदस्य इन्द्रा भण्डारी ,प्रबक्ता तथा युबा मोर्चाका केन्द्रीय सदस्य बिमर्श प्रधान , सह प्रबक्ता तथा युबा मोर्चाको अध्यक्ष अन्जीत श्रेष्ठ लगाएतले आइतबार जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै नेता रायले जिल्लामा अक्सिजनको अभावलाई मध्येनजर गर्दै २० सिलिन्डर अक्सिजन पठाउन चाहेपनी बजारमा उपलब्ध हुन नसकेकोले पठाउन नसकेको उहाँले बताउनु भयो। “बीस सिलिन्डर अक्सिजन पठाउन खोजेको थिए तर कतै किन्न पाइएन ।” उहाँले भन्नुभयो – “आगामी दिनमा उपलब्ध भएमा पठाउने छु ।”
आफू सल्यानवासी भएकाले जिल्लामा समस्या पर्दा सामाजिक दायित्वबोध गरेर स्वास्थ्य सामाग्री पठाएको उहाँले बताउनु भयो। यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले बिगतमा पनि जिल्लाका विभिन्न गाउ घरमा पुगेर निशुल्क मास्क बितरण गरेको थियो ।
सामाग्री हस्तान्तरन कार्यक्रममा वडा नम्बर ३ का महिला वडा सदस्य शिवा के. सी, टुकोनका केन्द्रीय सदस्य मधुदास श्रेष्ठ, टुकोनका जिल्ला अध्यक्ष टोपेन्द्र वली, पार्टिका नगर अध्यक्ष एवं वडा न २ का सदस्य संजय सिहँ, पार्टिका जिल्ला सदस्य बिकेन्द्र भडेल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष सुबोजित श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।







प्रतिकृया दिनुहोस्