September 29, 2026, Tuesday
२०८३ आश्विन १३, मंगलवार
प्रहरीकै संरक्षणमा मदिरा तस्करी, स्थानीयले प्रतिकार गर्न खोज्दा एक जना घाइते

प्रहरीकै संरक्षणमा मदिरा तस्करी, स्थानीयले प्रतिकार गर्न खोज्दा एक जना घाइते

महेश सिंह / बैशाख २९, लहान । सिरहाको औंरही गाउँपालीका वडा नम्बर १ हरकटीमा प्रहरी चौकीको इन्चार्ज असैई बिजय सिंहको संरक्षणमा मदिरा तस्करी फस्टाएको छ ।

 

प्रहरी चौकी हरकटटीका ईन्चार्ज विजय सिंहले प्र २.०१००१ च ०२३४ नम्बरको बेलेरो पिकअप भ्यानमा मदिरा लोड गरी बरीयारपटटी गाउँपालिका १ दरैयाको बाटो हुदै जादाँ दरैयाका स्थानियले रोकेका थिए ।

 

गाडी रोकेपछि पिकअप भ्यानमा ईन्चार्ज आफै बसेको स्थानिय काशि लाल कामैतले बताए । भ्यान रोके पछि स्थानिय र प्रहरी बिच घम्सा घम्सी भएको थियो । त्यसमा ईन्चार्ज सिंहको प्रहारबाट स्थानिय २३ बर्र्षिय सहदीप कामैतको टाउकोमा गम्भिर चोट लागेको थियो ।

 

स्थानिय युवकले भिडियो बनाउन खोज्दा ईन्चार्ज सिंहले गाली गलौज गर्न लागेको स्थानिय कामैतले बताए । भ्यान रोकिएको ठाउँबाट भारतीय बोर्डर ३ सय मिटर मात्र रहेको छ ।

 

माघ महिना प्रहरी चौकीमा आएका सिंह विशेषतः सादा पोशाकमा रहने गरेको छन । “कोरोना महामारीको समयमा पसल बन्द गर्न लगाउने, भिडभाड गर्न नदिने जस्ता जनचेतना जगाउदै हिडने प्रहरी राती राती भारत बाट मदिरा ओसारपोसार गर्नुले लाग्छ – यसमा ठुलै पैसाको चलखेल भएको छ”, एक स्थानिय युवक परितोष कुमार यादवले बताए । यो कस्तो प्रहरी प्रसाशन हो?” उनले आक्रोश व्यक्त गरे ।

 

यस घटना सम्बन्धित वडाका वडा अध्यक्ष सुरैत लाल ठाकुरका अनुसार यस घटनाको बारेमा कुनै जानकारी नभएको बताए । “प्रहरी ईन्चार्ज सिंहले भनेको छ नि वडा अध्यक्षलाई सोधेको छु त्यो पुरै गलत हो” वडा अध्यक्ष ठाकुरले बताए ।

 

सिरहाका एसपी हिराबहादुर पाण्डेका अनुसार, ‘मदिरा तस्करी गर्न लागेको नभएर एक ठाउँबाट अर्को ठाउँमा ओसार्न लागेको थियो ।

 

तर स्थानीय केहि व्यक्तिले अर्थको अनर्थ लगाएर प्रहरीलाई पनि दुव्र्यवहार गरेपछी औरहीको सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेको हो, उनले भने ।

 

उक्त गाउँ पालीकामा बिगत बर्ष २०७७ पुष २५ गते भएको स्थानीयको झगडामा एक जना ४७ बर्शिय अरुण कुमार यादवको मृत्यु भएको थियोे।

 

स्थानीय ललित नारायण साह चौधरी कलाल ले सोही गाउँपालीकाको हनुमान चौकमा दिपक मदिरा पसल संचालन गर्दै आएका छन् ।