May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
चट्याङ लागेर एक जनाको मृत्यु, आठ जना घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, आठ जना घाइते

वैशाख २४, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अन्य आठ जना घाइते भएका छन्।

ज्यान जानेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङले लागेर घाइतेहरूलाई अस्पताल ल्याउने क्रममा गाहाको ज्यान गएको हो।

शुक्रबार बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीया जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अनुहारलगायत शरीरमा चोट लागेको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज