प्रधानमन्त्री ओली विरुद्ध नेता भिम रावलको पुनः अर्को कडा टिप्पणी
वैशाख २३, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री ओली विरुद्ध पुनः अर्को कडा टिप्पणी गरेका छन् ।
आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घृणित राजनीति गरेको उनले आरोप लगाएका छन् ।

बुधवार कांग्रेससँग एमाले शीर्ष नेतृत्वको छलफलबारे टिप्पणी गर्दै रावलले यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको बताएका छन् ।
रावलले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले दलमा विधान मिच्दै निरंकुश रुपमा नेता र सांसदहरुलाई स्पष्टीकरण सोध्नु, कारवाही गर्नु र कुनै छलफल परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो ।’

रावल सहित एमालेका चार नेतालाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ भने अन्य सांसदलाई स्पष्टीकरण सोधिएको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी भइरहँदा बुधबार देउवानिवास पुगेर छलफल गरेका थिए ।







प्रतिकृया दिनुहोस्