April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
कोरोना संक्रमण बाट सल्यानमा एकजनाको मृत्यु

कोरोना संक्रमण बाट सल्यानमा एकजनाको मृत्यु

बैशाख ९, सल्यान । कोरोना संक्रमणका कारण सल्यानमा एक जनाको मृत्यु भएको छ ।

बिहिबार जिल्लाको शारदा नगरपालिका वडा नं. २ का ८२ बर्षिय राम बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत अर्जुन पौडेलले बताएका छ्न ।

बिगत ६/७ दिनदेखि बिरामी भएका खत्रीको आज बिहिबार मृत्यु भएको हो। मृत्यु भएका खत्रीको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रहरिले बताएको छ।

खत्री नेपाल प्रहरिका भुपु हवल्दार हुन। उनका ४६ बर्षिय छोरालाई समेत पोजेटिभ देखिएको प्रहरिले बताएको छ। घरका अन्य परिवारको परिक्षण गर्ने तयारि भैरहेको बताएको छ।

खत्रीको शव सबुज गण सिमखर्कको नेपाली सेनाको टोलि र इलाका प्रहरी कार्यालय श्रीनगरको टोलि लगाएत केही आफन्त हरुका बिच शारदा नदिमा अन्त्यस्टी गर्ने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।     फाइल फोटो ।