June 16, 2026, Tuesday
२०८३ असार ३, बुधबार
सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त प्रमुखसहित चार जना पक्राउ

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त प्रमुखसहित चार जना पक्राउ

माघ ३०, सल्यान । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।

बिहिबार उनीहरूलाई स्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैना नगरपालिका-१० स्थित कोठी बनबाट दिउँसो नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएकाहरूमा कार्यालय प्रमुख श्रेष्ठ, ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर रहेका छन्।

रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा पूर्व-पश्चिम राजमार्गको कोठी वनबाट नियन्त्रणमा लिइएको र उनीहरूको साथबाट स्रोत नखुलेको १ लाख ९० हजार नगद रकम बरामद गरिएको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए । – -सेतोपाटी