June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
दुइटै बाम पार्टी मिल्नुस, मिलेकै बेला आवधिक निर्वाचन जित्ने उत्साहका साथ हामी आएका छौं : केसी

दुइटै बाम पार्टी मिल्नुस, मिलेकै बेला आवधिक निर्वाचन जित्ने उत्साहका साथ हामी आएका छौं : केसी

पौष २६, सल्यान । नेपाली काङ्ग्रेस सल्यान प्रदेश सभा क्षेत्र नं (ख) का क्षेत्रीय सभापति, तरुण दल सल्यानका अध्यक्ष, युवा नेता तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले नेकपाका दुई समुह मिल्दामिल्दै चुनाव जित्ने उत्साह नेपाली काङ्ग्रेसमा भएको बताएका छन ।

संसद विघटन विरुद्ध प्रत्येक निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार शनिबार सल्यानको श्रीनगरमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । नेपाली कांग्रेस बैशाखको मध्यावधि चुनावको लागि नभएर ५ बर्षमा हुने आवधिक चुनाव सम्मको लागि प्रतिपक्षमा बसेको उनले बताए ।

“बैशाखको चुनावको लागि हामी आएका होइनौं । हामीलाई थाहा छ, हामी ५ बर्षका लागी सत्ता भन्दा बाहिर बसेका थियौं। ” उनले भने – ” दुइटा पार्टी मिल्नुस, मिल्दामिल्दै आवधिक निर्वाचनमा होमिएर जितेर देखाउने उत्साहका साथ हामी अगाडि आएका छौं ।”

७४ को निर्वाचनको अंकगणितमा नेपाली काङ्ग्रेस सानो पार्टीमा खुम्चिए पछी कम्युनिस्टहरूले सत्ता संचालन गर भन्दै काङ्ग्रेस कुशल प्रतिपक्षमा बसेको बेला कम्युनिस्टहरूले कोभिडले संसार सताको बेला भ्रष्टाचारमा ब्यस्त भएर नाङ्गो नाच नाचेको आरोप लगाए ।

एकपटक ठूलो पार्टी बनाएर पठाउदा संबिधान दिन नसकेको र अर्को पटक दुइतिहाई दिएर पठाउदा लोकतन्त्रको हरण गर्ने प्रयास गरेको बताउदै उनले अब बामपंथीहरूलाई केको लागी जनमत दिने भनेर गाउँघरमा प्रश्न गर्नुपर्ने बताए ।

यत्रो जनमत पाएर पनि अझै कस्तो जनमतको लागि नाटकीयरुपमा संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भन्दै उनले प्रश्न गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र न. २ ले श्रीनगरमा गरेको कार्यक्रमलाई नेपाली काङ्ग्रेसका जिल्ला नेताहरु सुरेस अधिकारी, नेपाली काङ्ग्रेसका महासमिति सदस्य केश बहादुर बिष्ट,प्रेम बहादुर डाँगी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।