बागचौर नगरपालिका द्वारा अपांगहरूलाई हिल ट्याङ्की बितरण,बृद्वबृद्वालाई रेडियो वितरण गरिने
पौष २५, सल्यान । सल्यानको बागचौर नगरपालिकाले नगर भित्र रहेका क र ख बर्गका अपांगता भएका ब्यक्तिहरुलाई हिल ट्याङ्की बितरण कार्य सुरु गरेको छ ।
शुक्रबार वडा नं. १, २ र ३ का घाइते अपांगता भएका ब्यक्तिका परिवारलाई हिलट्याङ्की बितरण गर्द्वै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले घाइते अपांगको सम्मान र सद्भावको लागि आफुहरुले हिलट्याङ्की बितरण गरिएको बताएका छन् ।
स्थानीय सरकारले सबै बर्गलाई समेट्ने गरि विभिन्न कार्यक्रमहरु गरि रहेको र उक्त कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ र आर्थिक बर्ष २०७६/०७७ को बजेट अन्तर्गत नगर भित्र रहेका (क) र( ख) बर्गका घाइते अपांगहरुलाई हिलट्याङ्की बितरण कार्य सुरु गरिएको उनले बताए ।
प्रमुख बुढाथोकीले शारीरिक रुपमा अशक्त भएका ब्यक्तिहरुको मनोभावना लाई उच्च राख्नको लागी पनि उक्त हिलट्याङ्की बितरण कार्यले टेवा पुर्याउने बताए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले लगतै नगर भित्रका ७५ बर्ष भन्दा माथि उम्मेरका बृद्व बृद्वा लाई रेडियो बितरण गरिने कार्यक्रम रहेको बताएका छन् ।
पहिलो चरणमा बागचौर नगरपालिका वडा नं १,२ र ३ का ४० जना घाइते तथा अपांगता भएका ब्यक्ति र उनका परिवारलाई हिलट्याङ्की बितरण गरिएको नगर उप प्रमुख कल्पना पुनले बताइन उनले नगरका १२ वडाकै घाइते र अपाङ्गता भएका ब्यक्तिलाई १ हजार र ५ सय लिटरका हिल ट्याङ्की बितरण गरिने बताएकी हुन ।
मेयर संग जनता पानी संकलन हिल ट्याङ्की वितरण कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष टिकाराम केसी वडा नं. २ का कार्यवाहक अध्यक्ष टोप बहादुर डिसी,वडा नं. १ का वडा सचीव डम्बर बिक लगाएतको उपस्तिथि रहेको थियो । दियो अनलाइन बाट साभार ।
फाइल फोटो








प्रतिकृया दिनुहोस्