तपाईको आज २०७७ मंसिर २६ गते शुक्रवारको राशिफल
ज्योतिषि ठाकुरप्रसाद देवकोटा
मो.९८४७८४४०९५,९८०९५६०५५७
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको छ । आयआर्जन क्षेत्रमा सफलता रहनेछ । आफुलाई मन पर्ने क्षेत्रमा लगानी बढाउने योग छ । नबिन ज्ञानको बिकास रहने समय देखिन्छ । व्यवसायिक यात्रामा ठिकै रहला । प्रेम तथा दाम्पत्य जीवन ठिकै रहने समय छ । मनोरञ्जनमय दिन रहेको छ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईको मेहनत बाट कार्यक्षेत्रमा सफलता रहनेछ । नयाँ कार्यको शुरुवात हुनेछ । व्यापार व्यवसायमा लाभ रहने छ । समस्याहरु समाधान गदै अगाडि बढने समय देखिन्छ । बिगतमा असहयोग गर्ने बाट सहयोगको आशा दिने छन । प्रतिस्पर्धामा सफलता आउला । आफनो कामको योजना आन्तरिक राख्नु होला ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
कार्यमा हतार नगर्नु होला । अग्रज व्यक्तिहरु सग भेटघाट हुनेछ । आफनो भन्दा अरुको कार्यमा बढि समय दिनु पर्नेछ । अवसरहरु थुपै आउनेछन तर सोच बिचार गरेर अगाडि बढनु होला । समय परिस्थितिले केहि अप्ठरो पार्ने समय छ । समयको माग अनुसार अगाडि बढनु होला । शिक्षामा सफलता छ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
केहि जटिलता आउने छ । मेहनत बाट आफु भन्दा अरुलाई बढि फाईदा रहने समय छ । महत्व पूर्ण कुराहरु गोप्य राख्नु होला । आफन्त बाट बिश्वास घात रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफन्त तथा छरछिमेकिमा केहि असमझदारी बढने समय छ । अग्रजको सल्लाह अनुसार अगाडि बढनु होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाईको प्रयास बाट कार्यमा प्रतिफल मिल्नेछ । आफन्त तथा साथीहरुको राम्रो साथ मिल्नेछ । भोलिको लागि फाईदा हुने कार्यमा लाग्ने समय रहेको छ । नयाँ तथा रचानात्मक कार्यमा सफलता छ । भौतिक सामाग्री जोडने समय छ । रोकिएका कामहरु बन्ने योग । व्यापार व्यवसायमा सफलता रहनेछ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको छ । कम फाईदा धेरै मेहनत हुने कार्यमा लाग्नु पर्ने समय छ । कुनै पनि कार्यमा हात हाल्नु भन्दा पहिला सोच बिचार गरेर अगाडि बढनु होला । आजको दिन बादबिवादमा नफस्नु राम्रो होला । अरुको सल्लाह सुझावलाई मध्यनजर गरेर अगाडि बढनु होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
अवसरहरु लाई समय परिस्थिति अनुसार प्रयोग गर्नुहोला । आफन्तले अलमलमा पार्ने समय छ । आफनो कामको योजनामा आफन्तले अलमलमा पार्ने समय छ । तपाईको आन्तरिक रहस्य अरुले थाहा पाउने समय छ । काम गर्दा हतारमा नगर्नु होला । बिगतमा रोकिएका कार्यहरु केहि अगाडि बढने योग छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आजको दिन खर्च बृद्धि रहनेछ । आर्थिक अभावमय दिन छ । केहि लगानी गर्ने समय रहेको छ । कामको शिलशिलामा निकै दौडधुप रहने समय छ । बेलामा सावधानी नहुदा केहि समस्या आउनेछन । आफन्त तथा साथीहरुमा केहि असमझदारी बढने समय छ । सहयोग आशा दिने बाट धोका छ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको सानो मेहनत बाट रामै उपलब्धि हासिल हुनेछ । कामको रामै प्रशंसा आउनेछ । आयआर्जनमा सफलता रहनेछ । ल्याउनु पर्ने रकम प्राप्त रहने समय छ । आफन्तको साथ र सहयोग रहनेछ । बचत रकम लगानी हुनेछ । कृषि जग्गा ,जमिन बाट लाभ रहने समय छ । दैनिक कार्यमा ठिकै रहला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफनो क्षेत्रमा अरुलाई आर्कषित गर्ने समय छ । आफन्त सग भेटघाट रहने समय छ । तपाईको मेहनत बाट कार्यमा सफलता रहनेछ । आफन्त तथा साथीहरुको राम्रो भेटघाट रहने समय छ । पुखौलि सम्पत्ति बाट फाईदा रहने छ । व्यापारमा सफलता रहनेछ । समाजिक कार्यमा समय दिनु पर्ने योग छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
केहि जिम्मेवारी लिनु पर्ने समय देखिन्छ । बिगतमा गरिएका गल्तिले केहि समस्या आउने छ । अरुको कार्यमा भन्दा आफनो कार्यमा लाग्नु राम्रो होला । अरुको भरमा पर्दा कार्यमा ढिलाई हुनेछ । बोलि बचन लाई सुधार गरेर अगाडि बढनु होला । व्यापार व्यवसायमा सफलता रहने समय देखिन्छ ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
नसोचेको काम बन्ने समय रहेको देखिन्छ । सहयोगिहरुले कार्यमा सफलता दिने समय छ । घराँयसि कार्यमा समय दिनु पर्ने देखिन्छ । नयाँ कामको लागि सोचबिचार गरेर अगाडि बढनु होला । सोचे अनुसार सफलता छैन । आजको काम बाट भोलिको समयमा उपलब्धि रहने समय छ । दैनिक कार्यमा ठिकै रहला ।







प्रतिकृया दिनुहोस्