सल्यानका सिडिओ र डिएसपी, नेकपाका कार्यकर्ता भनेपछि…..
मंसिर १४, सल्यान । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेमराज तामाङ र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख (डिएसपी) गोविन्द थापा क्षेत्रीलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आ’रोप लागेको छ ।
केहि दिन अघि आफ्नो पार्टीले आयोजना गरेको कार्यक्रमलाई कोरोना संक्रमणको कारण देखाउदै प्रहरीले हस्तक्षेप गरेर बिथोलेको तर सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) सल्यानले दिनहु खुला सभा कार्यक्रम गरिरहदा चाहि नरोकेको भन्दै राप्रपा सल्यानका नेताहरुले सामाजिक संजालमा उक्त आ’रोप लगाएका हुन ।
‘सल्यानका डिएसपी र प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ बिशुद्ध नेकपाका कार्यकर्ताहरु रहेछन भन्ने कुरा पुष्टी भएको छ ।’ पूर्व राप्रपा सल्यानका सचिब नारायण कुमार शर्माले लखेका छन –‘राप्रपाले कार्यक्रम गर्दा कोरोना लाग्ने तर नेकपाले कार्यक्रम गर्दा चैं नलाग्ने । यहि हो लोकतन्त्र ? यसको हिसाबकिताब समयले दिने छ ।’
त्यस्तै राप्रपा केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठले पनि सल्यान प्रशासनले एक दलिय ता’ना शाही व्यबहार गरेको राप्रपा सल्यानले ठहर गरेको बताएका छन । ‘मुलुकमा लोकतान्त्रीक व्यबस्था कायम रहेको हामीले बुझेका छौं तर सल्यान प्रशासनले एकदलिय ता’ना शाही व्यबहार गरेको राप्रपा सल्यानले ठहर छ ।’
उनले लेखेका छन – ‘यही सन्दर्भमा मार्ग (मंसिर) ११ गते राप्रपा सल्यानको पार्टी समायोजन र मास्क बितरण कार्यक्रमलाई प्रशासनले कोरोनाको कारण देखाउदै ब’ल प्रयोग गरेको थियो । तर, हिजो मार्ग (मंसिर) १३ गते बनगाड कुपिन्डे नगरपालिकाको ढोरपिपल र कपुरकोट गाउँपालिकाको सितल बजारमा सत्तापक्ष नेकपाको कार्यक्रम देखियो ।’
उनले प्रशासनको दृष्टि त्यहाँ किन पुगेन, कीन न्यायो’चित भएन भनेर प्रश्न गरेका छन भने शाशन चलाउने मानिसहरुले बिगतको ईतिहास भुल्न नहुने र यस्ता क्रियाकलापले परिणाम राम्रो नदिने बताएका छन ।
भएको के थियो ?
बिहिबार (मंसिर ११) जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाको ढोरपिपलमा राप्रपा सल्यान र राप्रपा ( संयुक्त ) सल्यानले दुई पार्टी समायोजन तथा मास्क बितरण कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा केन्द्रिय कार्यसम्पादन समिति राजेन्द्रवीर राय लगाएत केन्द्रिय सदस्य अनुबम सिंह श्रेष्ठ, प्रदेश कमिटि सदस्यहरु, दुई पार्टीका जिल्ला अध्यक्षहरु नेत्रलाल श्रेष्ठ र चन्द्रबहादुर ओली लगाएत स्थानिय नेता कार्यकर्ता र प्रवेश गर्ने युवाहरु उपस्थित थिए ।
ढोरपिपल बजारको पिपलको छहारी मुनि भर्खर कार्यक्रम सुरु भएको थियो । तर कार्यक्रम सुरु भएको केहि समयमै प्रह’रीको भ्या’न कार्यक्रम स्थलमा प्रबेश गर्याे र वरपर बसेकालाई कार्यक्रम स्थल छोड्न र माथीको आदे’श भन्दै आयोजकलाई कार्यक्रम स्थगित गर्न दबा’ब दिन थाल्यो । कार्यक्रम गर्नको लागी अनुमति नलिएको र सभा, सम्मेलन गर्दा कोरोना सं’क्र मण फैलिने प्रहरीले बताएको थियो ।
दबा’बको बिच राप्रपा केन्द्रिय कार्यसम्पादन समिति सदस्य राजेन्द्रवीर रायले छोटो मन्तव्य राख्दै दुई पार्टी समायोजन भएको निर्णय पढेर सुनाए र पार्टी प्रवेश गर्नहरुलाई सदस्यता दिएर हतारहतारमा कार्यक्रम समापन गरे ।
तर त्यसको दुई पछि शनिबार सोही पिपलको छहारीमा नेकपाका कर्णाली प्रदेश सह–ईञ्चार्ज तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार भिमप्रकाश शर्मा, बनगाड कुपिन्डे नगरपालिकाका मेयर गोविन्द पुन लगायतको उपस्थितिमा एक समारोहको विच खलंगा कुपिन्डे– बालुवा संग्रही सडक स्तरोन्नती तथा कालोपत्रे गर्न सिलान्यास कार्यक्रम सम्पन्न भयो ।
सोही स्थानमा उत्तिकै भिडभाड र तामझामका साथ भएको उक्त कार्यक्रममा भने प्र’हरी प्रशासन मुकदर्शक बन्यो । त्यस्तै सोहि दिन कपुरकोट गाउँपालिकाको रिम सितल बजारमा पनि नेकपाले गाउँपालिकाको ५ नं वडा कमिटीको सपथ ग्रहन कार्यक्रम भब्यता पुर्वक सम्पन्न गर्याे ।
कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य भद्रसिंह बुढाको उपस्थिति रहेको थियो । तर उक्त कार्यक्रमलाई पनि प्रशासनले नरोकेको राप्रपाका नेताहरुको आरो’प छ ।
२५ जना भन्दा बढी भएकाले रोक्न अनुरोध गरेका हौ: डिएसपि थापा
तर जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि गोबिन्द थापाले भने उहाहरुको कार्यक्रममा २५ जना भन्दा बढी भएकाले रोक्न अनुरोध गरेको बताएका छन् । स्वास्थ्य र सुर’क्षा मापदण्ड पुरा गरेर २५ जना भित्र कार्यक्रम गर्न सकिने उनले बताए ।
कतिपय सन्दर्भमा सिडिओ कार्यालयबाट अनुमति लिएर कार्यक्रम गर्नुपर्नेमा त्यसो नगरेमा पनि कार्यक्रम रोकिने उनको भनाइ छ ।
पार्टीगतरुपमा सबै समान रहेको बताउदै उनले भने – ‘पार्तीगतरुपमा यो पार्टीलाई कार्यक्रम गर्न दिने उ पार्टीलाई गर्न नदिने भन्ने हाम्रो नीति हुदैन । संख्या धेरै भएकाले उहाहरुलाई रोक्नुस भनेर अनुरोध गरेका हौँ । उहाँहरुले पनि ठिक छ, भन्नु भएको हो । संख्या धेरै भए अरुलाई पनि रोक्छौं ।’







प्रतिकृया दिनुहोस्