May 26, 2026, Tuesday
२०८३ जेष्ठ १२, मंगलवार
कयौं बा’हरुलाई नमन जस्ले आफु खालि खुट्टा हिडेर सन्तानको चप्पलको ख्याल गरेका छन

कयौं बा’हरुलाई नमन जस्ले आफु खालि खुट्टा हिडेर सन्तानको चप्पलको ख्याल गरेका छन

मिना खड्का

बुवा म तपाईंको सन्तती
तपाईलाई सम्झेर
श्रद्धाले मेरो शिर झुक्छ

म हजुरको नजरमा अशल बन्न सकु सधैं यसैगरी
मलाई देखेर गर्वले छाति फुलोस हजुरको
हरेकलाई आफ्नो सन्तान सबैभन्दा उत्कृष्ट लाग्छन्
सायद हजुरलाई पनि लाग्दो हो ।

मेरो नजरमा हजुर सधैं महान
मेरो शरिरमा बगेको हजुरको रगत,
कहिल्यै खेर गएको महशुस नहोस
लाग्छ मेरो सरिरमा हजुरको मेहनत र पसिना सञ्चित छ
हजुरको त्यहि पसिनाले मलाई जोश र जागर दिन्छ कि भन्ने लाग्छ ।

मैले पढ्न जानेका अक्षरमा सधैं
अभिभावक,अझै भनौ हजुरलाई देख्दछु।
म सन्तान भएर सन्तान हो भन्न लायक बन्न सकु ।
हरेक वर्षको १ दिन बुवाको मुख हेर्ने दपन पर्छ ,
त्यसपछि सबैका बाहरु देखिन्छन् फेसबुकका वालमा ।

म पनि त्यहीँ समुहको एक सदस्य
तपाईंको तस्बिर आज देखिदो हो सायदै , मैले लिन भ्याएको भए ।
जिवनका थोरैमात्र पल तपाईं सँग बितेका छन
ति पलहरु कम्ती उज्याला छैनन् ।
जो म स्मरण गरिरहन्छु ।
आज मात्रै होइन , सधैं सधैं

ति पलहरुमा तपाईंसँग
एउटा तस्बिर लिन आवस्यक नै लागेन
अहिले त टाढा छु सम्भव पनि भएन ।

जे होस्
तपाईं जस्ता कयौं बाहरुलाई नमन
जस्ले आफु खालि खुट्टा हिडेर सन्तानको
चप्पलको ख्याल गरेका छन ।

उहीँ छोरी