रसुवा बाढी: एघारौं दिनमा टनेलबाट एक चिनियाँ नागरिकको उद्वार

रसुवा बाढी: एघारौं दिनमा टनेलबाट एक चिनियाँ नागरिकको उद्वार

काठमाडौ/भाद्र-२०

भोटेकोसीमा आएको बिनाकारी बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका ती चिनियाँ नागरिकलाई जिवितै उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेमा पठाइएको जनाइएको छ।

बाढी गएको र उद्वार कार्यजारी रहेको ११औँ दिनमा टनेलबाट चिनियाँ नागरिकको उद्धार भएको हो ।