रसुवा बाढी: १ सय २३ जनालाई सेना द्वारा सकुशल उद्वार
काठमाडौ-भदौ/११
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका १ सय २३ जना नागरिक लाई नेपाली सेनाले हेलिकप्टर मार्फत सकुशल उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार आज बिहान रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकाहरूमध्ये २१ जना भारतीय पर्यटक र ८ जना अन्य विदेशी नागरिक रहेका छन् ।
सेनाले विदेशी नागरिकहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरेको छ भने अन्यलाई जिल्ला सदरमुकाम धुन्चे पुर्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।
यसैगरी, रसुवाकै हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेका सात जनालाई पनि जीवितै उद्धार गरिएको छ ।
सोही आयोजनाका अन्य तीनवटा सुरुङमा रहेका व्यक्तिहरूको उद्धार कार्य अहिले पनि जारी रहेको नेपाली सेनाले जनाएको छ।


लेखकको सम्वन्धमा