May 25, 2026, Monday
२०८३ जेष्ठ १२, मंगलवार
१३ लाख ५० हजार लागतको भाइरल सडक

१३ लाख ५० हजार लागतको भाइरल सडक

पहाडमा खनिएको नेपाली झन्डा आकारको एउटा सडक केहि दिन यता सामाजिक संजालमा भाइरल भएको छ । उक्त सडक दैलेखको महाबु गाउँपालिकाको काब्री खोला नेरको हो ।

सवारी साधन त के मान्छे हिड्न समेत मुस्कील पर्ने जस्तो देखिने उक्त सडक गाउँपालिकाले उपभोक्ता समिति मार्फत १३ लाख ५० हजारमा निर्माण गरिएको वुझिएको छ ।

सडक निर्माणको लागी ४ लाख पेश्की भुत्तानी भइसके पनि सडकको लागत स्टीमेट भने नबनाइएको इञ्जिनियर नविन थापाले बताएका छन । तर गाउँपालिका अध्यक्ष्य जंगबहादुर शाहिले भने उक्त सडक बारे अर्थहिन मिडियावाजि भएको बताएका छन ।

उनका अनुुसार लकडाउन अघि निर्माण भएको उक्त सडकको लकडाउन सुरु भएपछि ग्रेड मिलानको काम बाँकि रहेको छ । साथै उनले काम अनुुसार सडकको भुक्तानी हुने र हालसम्म एक रुपैंया पनि भुक्तानी नभएको बताएका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज