May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चुनौती दिएपछि पारियो सुरक्षा व्यवस्था कडा

मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चुनौती दिएपछि पारियो सुरक्षा व्यवस्था कडा

काठमाडौं

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चुनौती दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ छन् ।

रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने प्रहरीको तयारी छ । तथापि साम्पाङलाई सामान्य रूपमा सिंहदरबार प्रवेशमा रोक नलगाइएको प्रहरीले जनाएको छ ।

सोमबार काठमाडौं आइपुगेका हर्क धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने बताउँदै आएका थिए ।

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज