September 22, 2026, Tuesday
२०८३ आश्विन ७, बुधबार
अन्तरिक्षमा डकिङ गर्ने चौथो देश बन्यो भारत

अन्तरिक्षमा डकिङ गर्ने चौथो देश बन्यो भारत

काठमाडौं ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले स्पेस डकिंग प्रयोग अर्थात् स्प्याडेक्स अन्तर्गत उपग्रहहरूको ‘डकिङ’ सफलतापूर्वक गरिएको जनाएको छ।

इसरोले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मा एक पोस्टमा भन्यो, “यो ऐतिहासिक क्षण हो।” भारत यस्तो गर्ने चौथो देश बनेको इसरोले जनाएको छ ।

भारतको स्प्याडेक्स मिसन डिसेम्बर ३० मा भारतीय समय अनुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो।