May 26, 2026, Tuesday
२०८३ जेष्ठ १३, बुधबार
बाजुरामा बिहानै भूकम्पको धक्का

बाजुरामा बिहानै भूकम्पको धक्का

बाजुरा, पौष ६

आज बिहान बाजुरामा भूकम्प गएको छ। बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४:१४ बजे भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्पबाट के कति क्षति भयो , भन्नेबारे यकिन हुन नसकेको केन्द्रले जनाएको छ।