सल्यानको शारदा नदिमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव फेला
जेठ २५, सल्यान ।
सल्यानको शारदा नदिमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।
बिहिवार साझ करिब ६ बजेको समयमा जिल्लाको शारदा नगरपालिका – १ कुईरेपानी स्थित शारदा नदिको दहमा नवजात शिशुको लास तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
लास देखेपछि वडा न. १२ का वडा अध्यक्ष सुरेन्द्र बुढाले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अहिले लासको कानुनी प्रक्रिया पुरा गरि पोष्टमोर्टमको लागि जिल्ला अस्पताल सल्यान पठाइएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।
तस्वीर : फाइल फोटो







प्रतिकृया दिनुहोस्