June 24, 2026, Wednesday
२०८३ असार १०, बुधबार
चुनावपछि ५ दलिय गठबन्धनको दु:खद पतन हुनेछ : संासद शाह

चुनावपछि ५ दलिय गठबन्धनको दु:खद पतन हुनेछ : संासद शाह

२५ चैत, सल्यान ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलाबजङ्ग शाहले ५ दलिय मोर्चा चुनावपछि दुखदायी तरिकाले अन्त्य हुने दाबी गरेका छन।

शुक्रबार सल्यानको बागचौर नगरपालिका २ थारमारेमा भएको कार्यकर्ता प्रशिक्षण सभा तथा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै संासद शाहले यस्तो बताएका हुन।

उनले आगामी बैशाख ३० गतेको भोलि पल्ट देखि गठबन्धको अस्तित्व हराउँदै जाने र गठबन्धन को पक्षमा नेपाली जनता नरहेको प्रस्ट पारे।

आगामी निर्वाचनमा नेकपा एमाले ६० प्रतिशत मत ल्याउने बताउदै एमाले फुटले कुनै असर भयो कि भनेर कसैले पनि नसोच्न सबैलाई अनुरोध गरेका छन।

आफू प्रदेश सभासद हुदै गर्दा आफुले आफ्नो क्षेत्रको बिकासको लागि धेरै ठुलो पहल गरेको तर केही स्थानीय तहका प्रमुखहरुले लोकप्रियताको नाममा जस आफुले लिने गरेको बताउदै खबरदारी समेत गरेको छन ।

कार्यक्रममा नेकपा माओवादी र नेपाली कांग्रेस पार्टी परित्याग गरि २०० जना जति कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन । आजै राष्ट्रिय युवा संघ र अनेरास्ववियु बागचौर नगर पनि गठन गरिएको छ ।