April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
आगामी निर्वाचनमा समाजवादी पार्टीको नाम निशान  मेटिन्छ : सांसद शाह

आगामी निर्वाचनमा समाजवादी पार्टीको नाम निशान मेटिन्छ : सांसद शाह

२० चैत , सल्यान ।
सल्यान क्षेत्र नं. (क) का सांसद गुलाबजंग शाहले आगामी स्थानिय तहकाे निर्वाचनमा नेकपा समाजवादी पार्टीको नाम निशान मेटिने र विजय शुन्य हुने बताएका छन।

नेकपा एमाले पार्टी जन प्रेमि देश प्रेमि र विकाश प्रेमि भएकाले देशै भर पार्टी प्रवेशको लहर बढ्दै गएको पनि दाबी गरे।

नेकपा एमाले दार्मा गाउँकमिटि सल्यानकाे आयाेजनामा हिजो सनिवार सल्यानको दार्मा गाउपालिकाकाे फारुलामा जनवर्गीय संगठनकाे पालिका अधिवेशनलाई सम्बाेधन गर्दै नेता शाहले यस्तो बताएका हुन।

सांसद शाहले आफ्ना ४ वर्षकाे कार्यकालमा दार्मामा भए गरेका विकास बजेट प्रस्तुत गरेका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले कर्णाली प्रदेश सदस्य तिलक मल्ल क्षितिजले बिकास बिरोधि र राजनीतिक स्वार्थ बोकेका राजनीतिक दलले केपि ओलीकाे नेतृत्वमा रहेकाे सरकारले गरेका रास्ट्रहित र जनअपेक्षित काम सहन नसकेको बताएका छ्न।

उनिहरुले एमाले पार्टी विरुद्ध गरियकाे गठबन्धनले झन काम गर्न हौसला मिलेको बताएका छ्न ।

फरक प्रसंगमा मल्लले नेपाल सरकारले भख्खरै सदन बाट ब्याख्या सहितकाे एमसिसीमा ब्याख्या शब्द राखेर माओवादीकाे लाज छाेप्ने दाेसल्ला भएकाे बताए।