शैक्षिक सुधार गर्ने उदेश्यले जीवनज्योति स्वावलम्बी उत्थान कोष स्थापना सामुदायिक विद्यालयको एक नयाँ अभ्यास
सल्यान कात्तिक २।
विद्यालयको कोष बलियो बनाइ विद्यालयमा अध्यनरत जेहेन्दार, विपन्न, अनाथ, अपांग विद्यार्थीलाई छात्रवृत्ति सहायता गरि शैक्षिक सुधार गर्ने, उदेश्यले सल्यानकाे जिवनज्योती नमुना माध्यमिक विद्यालयले एक फरक नयाँ सृजनशील अभियानकाे सुरुवात गरेको छ।
जिल्लाको कपुरकोट गाउँपालिकामा – ५ रिममा रहेको जीवन ज्याेति नमुना माद्यमिक विद्यालयले विद्यालयको कोष अभिवृद्धिका लागि जीवनज्योति स्वावलम्बी उत्थान कोष स्थापना गरेको हो।
उक्त कोष परिचालनको लागि एक कार्यविधि बनाइ त्यसलाई स्वीकृत गरि विद्यालयले आफ्नो अभियानकाे सुरु गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीको संयोजकत्वमा सात सदस्यीय कोष सञ्चालन समिति बनाएको छ।
कोषको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक भुपाल साहु रहने कार्यविधि रहेको छ भने अन्य सबै पदाधिकारीहरू विशिष्ट सदस्य रहनुपर्ने प्रावधान रहेको छ । विद्यालयले सहयोगी दाताबाट प्राप्त रकम बैंकमा मुद्दती खाता खोलेर राख्ने र त्यसबाट प्राप्त व्याज मात्र खर्च गर्ने निणर्य गरेको छ।
जसमा आजीवन विशिष्ट सदस्यता प्राप्त गर्न कम्तिमा २० हजार रकम सहयोग गर्नुपर्ने विशिष्ट सदस्य प्राप्त गर्न १०००० देखि १९९९९ सहयोग गर्नुपर्ने तथा कोषमा सबै पूर्व विद्यार्थी र शिक्षक कर्मचारीले न्यूनतम १ हजार १ सय सहयोग गरेर पनि कोषमा आवद्ध हुन सकिने र विद्यालयले तयार पारेको मायाको चिनो सबै पूर्व विद्यार्थी र शिक्षक कर्मचारीलाई दिने त्यसबाट कम्तिमा रू ११०० सहयोग लिने त्योभन्दा बढी स्वच्छिक दिन सकिने विद्यालयले बताएको छ।
कोषमा जम्मा भएको कुल रकमको प्राप्त व्याजमध्ये विपन्न विद्यार्थीका लागि १५ %प्रतिशत, अनाथ विद्यार्थीका लागि १५ %प्रतिशत, अपांगता भएका विद्यार्थीका लागि ५% प्रतिशत, जेहेन्दार विद्यार्थीका लागि १५ %प्रतिशत, शैक्षिक गतिविधिका लागि ३० %प्रतिशत, , दीर्घ रोगी र असहाय व्यक्तिका लागि ५ %प्रतिशत, नव पर्वतन तथा खेलकुदका लागि १० %प्रतिशत र कोष वृद्धिका लागि ५% प्रतिशत व्याज रकम खर्च गरिने विद्यालयका प्रधानाध्यापक भुपाल साहुले जानकारी दिनु भयो ।
कोषमा दुई वर्षभित्र ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य विद्यालयले राखेको छ ।
जीवन ज्योति स्वावलम्बी उत्थान कोषमा अहिलेसम्म सात लाख बढी रकम संकलन भएको छ । कोष स्थापना गरेको एक महिना नपुग्दै ७ लाख ११ हजार ९९५ रुपैँय नगद संकलन भएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी जानकारी दिनु भयो।
कोषमा अहिलेसम्म सबैभन्दा बढी ५९ हजार ९९९ सम्मको रकम नगद सहयोग एउटै व्यक्तिबाट प्राप्त भएको छ । उक्त रकम व्यवसायी तथा कपुरकोट-५ रिम निवासी चित्र बहादुर बोहराले सहयोग गर्नुभएको छ ।
यस्तै अहिलेसम्म विद्यालय प्रति एउटा अभियान संग जाेडिएर शिक्षा क्षेत्रमा लगानी गरिसकेका सहयोगी दातालाई विशेष धन्यवाद र इच्छुक सम्पूर्ण महानुभावहरूलाई यो अभियानमा जोडिन गाउँपालिकाको समेत विशेष अनुरोध गरेको छ।
अन्य विद्यालयहरूले पनि यस प्रकारको कोष मजबुत पार्ने अभियानहरू सञ्चालन गर्न सके शैक्षिक सुधारमा सहयोग पुग्ने र सामुदायिक विद्यालयको स्तर माथी उठाउन सकिने आधार बन्न सक्ने हुदा जिल्लाका अन्य विद्यालयहरूको लागि पनि यो अभियान सिकाइ हुन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलिले बताउनु भयो।
लेखकको सम्वन्धमा