कुमाख गाउँपालिकामा-भूमि समस्या समाधानबारे अभिमुखिकरण
सल्यान/ श्रावण २०
सल्यानको कुमाख गाउँपालिकामा भूमि समस्या समाधान समिति सम्बन्धी कार्यविधि तथा प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
भूमि समस्या समाधान समितिसम्बन्धी कार्यविधिमा रहेका प्रचलित कानुनी व्यवस्था, प्रक्रिया तथा कार्यान्वयनका विविध पक्षबारे अभिमुखीकरण गरिनुका साथै सहभागीहरूबीच सुझाव, सल्लाह र अनुभव आदानप्रदान गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष लालबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्का, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख दीपक पातली, सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक गुरुङ, प्रमुख अनुसन्धान अधिकृत चन्द्रकमल खड्का लगाएत वडा नं. २ का अध्यक्ष ईश्वरी शाही, वडा नं. ४ का अध्यक्ष सोभिलाल बस्नेत, वडा नं. ७ का अध्यक्ष डम्बरबहादुर शाही,तथा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा भूमि व्यवस्थापनसम्बन्धी समस्याको समाधानलाई प्रभावकारी, व्यवस्थित, पारदर्शी तथा मर्यादित ढङ्गले कार्यान्वयन गर्ने विषयमा समेत विस्तृत छलफल भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ।


लेखकको सम्वन्धमा