अविरल बर्षाका कारण कपुरकोट नजिकै पहिरो खस्दा राप्ती राजमार्ग दाङ सल्यान सडकखण्ड अबरुद्ध

अविरल बर्षाका कारण कपुरकोट नजिकै पहिरो खस्दा राप्ती राजमार्ग दाङ सल्यान सडकखण्ड अबरुद्ध

असार २२ सल्यान ।

निरन्तर  वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग दाङ सल्यान सडकखण्ड  अवरुद्ध भएको छ।

राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान खण्डको कपुरकोट नजिकै चाेरखाेलामा पहिरो खस्दा राप्ती राजमार्ग  अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पानी परिरहेको तथा माथिबाट लेदोमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएकाले राजमार्ग सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनु भएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज