तुलसीपुरमा जारी खुल्ला पुरुष खोखो प्रतियोगिताको उपाधी नेपाल आर्मीको हातमा
दाङ बैशाख २८।
दाङको तुलसीपुरमा जारी प्रथम राष्ट्रिय खुल्ला पुरुष खोखो खेलकुद प्रतियोगितामा नेपाल आर्मी विजयी भएको छ ।
आर्मीले लुम्बिनी प्रदेशलाई ४ अङ्कले पछि पार्दै प्रथम राष्ट्रिय खुला पुरुष खोको प्रतियोगिताको उपाधि हात पारेको हो।
आज बिहान भएको फाइनल खेलमा आर्मीले २० अङ्क प्राप्त गर्दा लुम्बिनीले १६ अङ्क ल्याएर उपविजेता भएको हो ।
त्यसैगरी सुदुरपश्चिमले कर्णालीलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेको छ ।
बिजेता प्रथम स्थान हासिल गरेको टिमले ५० हजार र मेडल,र दोस्रो स्थान प्राप्त गर्ने टिमले २५ हजार र मेडल, र तेस्रो स्थान हासिल गर्नेलाई १० हजार तथा मेडल प्रदान गरिएको छ।
प्रतियोगिता वैशाख २६ गतेबाट जिल्ला खोखो संघ दाङको आयोजनामा प्रतियोगिता सुरु भएको थियो ।









लेखकको सम्वन्धमा