दोस्रो शारदा मेयर टी-२० कप क्रिकेटको उपाधि बागचौरको पोल्टामा:कुमाख उपविजेता

दोस्रो शारदा मेयर टी-२० कप क्रिकेटको उपाधि बागचौरको पोल्टामा:कुमाख उपविजेता

सल्यान बैशाख १४

सल्यानको खलंगा लुहापिङ खेलमैदानमा सन्चालन भइरहेको शारदा नगरपालिका सल्यानको आयोजना र क्रिकेट संघ सल्यानको समन्वयमा भएको अन्तरपालिका स्तरीय दोस्रो शारदा मेयर कप T-20 कप क्रिकेट खेलकुद प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले हात पारेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा कुमाख गाउँपालिकालाई ४ विकेटले पराजित गर्दै बागचौरले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
फाइनल खेलमा बागचौरले टस जितेर पहिले फिल्डिङ रोजेपछि कुमाखले पहिले ब्याटिङ गरेको थियो।

निर्धारित २० ओभरको खेलमा कुमाखले आफ्नो टिमको ७ विकेट गुमाउँदै १२७ रन मात्रै जोड्न सफल भयो ।
जवाफि ब्याटिङमा उत्रिएको बागचाैरले आफ्नो ६ विकेट गुमाउँदै १७ ओभरमा आफ्नो लक्ष्य पूरा गरेको थियो।

गत वर्षको उपाधि विजेता समेत रहेको बागचौर नगरपालिकाले यस वर्ष पनि लगातार ९ खेल जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ।

यता पहिलोपटक खेलमा सहभागी भएको कुमाख गाउँपालिका भने उपविजेता बनेको छ ।
निरन्तरका सबै खेतमा जित हासिल गरिरहेको कुमाख गाउँपालिकाले फाइनलमा पनि बागचौरलाइ पराजित गर्ने लक्ष्य सहित खेल मैदानमा उत्रीएको थियो।

भने खेलमा बागचौरले टस जितेर पहिले फिल्डिङ रोजेपछि कुमाखले पहिले ब्याटिङ गरेर उसले निर्धारित २० ओभरको ७ विकेट गुमाउँदै १२७ रन जोड्न सफल भयो तर
जवाफि ब्याटिङमा उत्रिएको बागचाैरले आफ्नो ६ विकेट गुमाउँदै १७ ओभरमै आफ्नो लक्ष्य भेटाएको थियो।

उक्त प्रतियोगितामा विजेता बागचौर नगरपालिकाले नगद १ लाख रुपैयाँ पुरस्कार र उपविजेता कुमाख गाउँपालिकाले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन ।