बनगाड कुपिण्डे नगरपालिका चौथो मेयर कप खेलकुद प्रतियोगिता सुरु

बनगाड कुपिण्डे नगरपालिका चौथो मेयर कप खेलकुद प्रतियोगिता सुरु

सल्यान बैशाख ६।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको चौथो मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

शनिबार प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री प्रकाश ज्वालाको प्रमुख अतिथ्यता तथा कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री भिम प्रकाश शर्माको विशिष्ट अतिथ्यतामा सुरु भएको हो।

नगर खेलकुद बिकास समितीका अध्यक्ष रिम बहादुर बिष्टको अध्यक्षतामा उद्वघाटन भएको कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी १२ वटै वडाका वडा अध्यक्ष खेलाडीहरु लगाएत बुद्धिजीवी पत्रकार सुरक्षा निकाएका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त खेलकुद प्रतियोगिता उद्वघाटन सगै भएको खेलमा वडा न.३ र ४ बिच भलिबल खेल भएको थियो तर खेल विवादी बन्दा दुबै टिमले १/१ सेट जिते संगै खेल बराबरीमा रोकिएको छ।

भने खेल आगामी ८ गते सम्म सन्चालन हुने आयोजकले बताएको छ।