सल्यानमा शारदा नगरपालिका मेयर कप क्रिकेट खेलकुद प्रतियोगिता सुरु

सल्यानमा शारदा नगरपालिका मेयर कप क्रिकेट खेलकुद प्रतियोगिता सुरु

सल्यान बैशाख ६।

सल्यानमा शारदा नगरपालिका New Year T-20 मेयर कप क्रिकेट खेलकुद प्रतियोगिता उद्वघाटन गरिएको छ।

शनिबार खलंगाको लुहापिङ मैदानमा शारदा नगरपालिका सल्यानको आयोजना र क्रिकेट संघ सल्यानको समन्वयमा हुने अन्तरपालिका स्तरीय दोस्रो शारदा मेयर कप T-20 कप क्रिकेट खेलकुद प्रतियोगिता सुरु भएको हो ।

शारदा नगरपालिका  नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा उद्वघाटन भएको खेलकुद प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथिको रुपमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनको आतिथ्यता रहेको थियो ।

भने अन्य अतिथिहरुमा शारदा नगरपालिका नगर उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, सिद्धकुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, त्रिबेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुब बहादुर केसी, जिल्ला प्रहरी प्रमुख केशर कुमार न्यौपाने लगाएत शारदा नगरपालिका भित्रका वडाअध्यक्षहरु, रेफ्री खेलाडी पत्रकारहरुको उपस्थित रहेको थियो ।

उक्त खेलकुद प्रतियोगितामा जिल्लाका कपुरकोट र दार्मा गाउँपालिका बाहेक ८ वटा पालिकका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
खेल भने आउदो बैशाख १५ गते सम्पन्न भने आयोजकले जानकारी दिएको छ ।