सल्यान जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
फागुन १५, सल्यान
सल्यान जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र नारायण माध्यमिक विद्यालयको सह आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा कुमाख गाउँपालिकाको वडा – २ को प्राङ्गणमा १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्वघाटन गरिएको हो ।
रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री अधिकारीले खेल क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै अब खेल क्षेत्रको बिकासको लागी पूर्वाधारमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले स्थानीय सरकारलाई संघ र प्रदेशले बजेट छुट्याउने कुरामा कन्जुस्याइँ गर्न नहुने बताउदै आउदो बर्षमा सल्यानका दशवटै पालिकालाइ प्रदेश सरकारले बजेट छुट्याउने कुरामा जोडन दिन आफुले बजेट बनाउने बेला पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

यस्तै पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले खेल क्षेत्रलाई उच्च बनाउन नेपाली खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेको हुदा यसलाई सबैले गर्व गर्नु पर्ने बताउनु भयो ।
अहिले वडा तह देखि जिल्ला प्रदेश हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तर सम्म नेपाली खेलाडीको पहुँच पुगेकाले खेलकुद क्षेत्रको बिकासको मार्ग अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि रहेको बताउदै कुराले मात्र चिराउ नभिज्ने हुदा आफुले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

खेलकुद प्रतियोगिता उद्वघाटन कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकी, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम , कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढा , कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन,छत्रेस्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी , त्रिवेणी गाउँपालिकाका कार्यवाहक अध्यक्ष छबिराज शर्मा, शारदा नगरपालिका सल्यानका उपप्रमुख सुस्मिता सापकोटा , कुमाख गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत कुमाख गाउँपालिकाकि संस्थापक अध्यक्ष दिलमाया बुढामगर, नेपाली काँग्रेस क्षेत्रीय सदस्य इन्द्रराज शर्मा, नेकपा एमालेका सचिवालय सदस्य दिनेश रावत, नेकपा माओवादी केन्द्र सल्यानका सचिव कृति बहादुर पुनदिप,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकाश नेपाली,नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतम, नेकपाका केन्द्रीय सदस्य भीम सी, कुमाख गाउँपालिका २ का वडाध्यक्ष ईश्वरी शाही, नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जिल्लाका १० स्थानीय तहका करिब ९०० जना खेलाडीको उपस्थिति रहेको बताइएको छ ।

उक्त प्रतियोगितामा छात्रछात्रा भलिबल,कबड्डी लगायत एथलेटिक्स र मार्सल आर्ट तर्फका खेलहरू सञ्चालन हुने जिल्ला खेलकुद समितिले जानकारी दिएको छ।
खेल १७ गते सम्म सञ्चालन हुने र खेल व्यवस्थापनको लागि ४८ जना रेफ्री सहित १०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको जिल्ला खेलकुद समिति सल्यानका अध्यक्ष खडक आचार्यले जानकारी दिनुभयो ।










लेखकको सम्वन्धमा