बनगाड कुपिण्डे नगरपालिकाको नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रभाकर मा.वि लाई

बनगाड कुपिण्डे नगरपालिकाको नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रभाकर मा.वि लाई

माघ सल्यान २४।

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभाकर माद्यामिक बिद्यालय देवस्थले हात पारेको छ ।

जम्मा ३३ स्वर्णपदकमा १४ स्वर्ण १३ रजत र ४ कास्य हात पार्दै प्रभाकर माद्यामिक बिद्यालयले शिल्डको उपाधी चुम्न सफल हुदै बिद्यालयले लगातार तेस्रोपटक उपाधि जितेको हो ।

यस्तै त्रिभुवन जनता माद्यामिक बिद्यालय शंखपिपल च्युराले १० स्वर्ण ५ कास्य र ९ रजत सहित दोस्रो स्थान हासिल गरेको छ । यस्तै ३ स्वर्ण १ रजत र २ कास्य सहित कृष्ण माद्यामिक बिद्यालय लेखसँग्रही तेस्रो वनेको छ । भने

मुक्ति माद्यामिक बिद्यालय बामे ३ स्वर्ण र ५ रजत सहित चौथो भएको छ।

अन्य विद्यालय सिद्धेश्वरी माद्यामिक बिद्यालयले १ स्वर्ण २ रजत र १ कास्य हात पारेको छ। महेन्द्र माद्यामिक बिद्यालय आँपचौरले १ स्वर्ण १ रजत र २ कास्य हात पारेको छ। प्रतिभा माद्यामिक बिद्यालय जयतपानीले १ स्वर्ण हात पारेको छ । लंङ्गग्रिन बोर्डिङ स्कुलले ३ रजत र ३ कास्य हात पारेको छ । र कृष्ण बोर्डिङ स्कुलले ५ कास्य, नवजोति माद्यामिक बिद्यालयले २ कास्य हात पारेका छन ।

माघ १९ देखि २२ गते सम्म संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्सका खेलहरुमा नगरपालिकाका ८ वटा माध्यमिक विद्यालयका र २वटा संस्थागत गरि जम्मा १० बिधालयका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाएका थिए।