बनगाड कुपिण्डे नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बनगाड कुपिण्डे नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सल्यान, माघ १९ ।

स्वास्थ्यका लागि खेलकुुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घघाटन गरिएको छ ।

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घघाटन कर्णाली प्रदेशसभा सदस्य पूर्व कृषि सहकारी तथा भुमी ब्यवस्था मन्त्री भिम प्रकाश शर्माले ज्युले गर्नु भएको हो।

उक्त उद्घघाटन समारोहलाई सम्बोधन गर्दै पुर्ब मन्त्री शर्माले खेल क्षेत्रलाई बिश्वले शान र मानको रुपमा लिएको र खेलाडीहरुलाइ उच्च सम्मान र आदरका साथ राखेको हुदा नेपाल सगरमाथाको देश भएकोले खेल क्षेत्रलाई गौरवका रुपमा लिनुपर्ने र खेल क्षेत्रलाई त्यसरी बुझ्नुपर्ने बताउदै ठुलाठुला देशहरूलाई नेपाले खेल क्षेत्रमा पराजित गर्दै विभिन्न स्वर्ण पदक दिलाएको र उत्कृष्ट खेल प्रदर्शन गरिरहेको हुदा खेल क्षेत्र गौरव भएकोले राष्ट्रका लागि खेलकुद प्रमाणित भएको बताउनु भयो ।

त्यस्तै बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकी छहारीले युवा विद्यार्थी भनेका उदाउदो सुर्य हुन भने हामि अस्ताउदो सुर्य हौं । त्यसैले उदाउदो सुर्य अर्थात युवा विद्यार्थीलाई आफुहरुले संरक्षण बिकास गर्नुपर्ने हरेक कुरामा आफू लागि परिहेको बताउदै। आफू नगर प्रमुखको जिम्मेवारीमा रहेदेखी शिक्षा र खेलकुद क्षेत्रको बिकासमा काम गरिरहेको र विगतका जनप्रतिनिधिले सहि ढंगले काम नगर्दा अहिले अरु पालिकामा सातौ राष्ट्रपति रनिङ शिल्ड चल्दै गर्दा यो पालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड मात्र चल्नु लज्जास्पद भएकोले बिगतका कमि कमजोरीलाई सच्याउदै अगाडि बढिरहेको हुदा शिक्षा र खेलकुद क्षेत्रको बिकासका लागि आफु सधैं दृढ भएर काम गर्ने बताउनु भयो ।

यसै गरि बनगाड कुपिण्डे नगरपालिका वडा न – ७ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितीका सयोजक जिबन सिंह ठकुरिले खेल क्षेत्रको बिकास लागि आफुहरु जोडतोडले लागिरहेको बताउदै खेल स्वस्थ मर्यादी दङ्गले खेलाउन सबै विद्यालयहरुलाइ विद्युत माध्यम बाट एउटा सिस्टम खडा गरिसकेको हुदा त्यसमा तलमाथि नहुने कुरामा ढुक्क रहन र खेल अनुशासित ढंगले खेल्न आग्रह गर्नु भयो ।


उक्त प्रतियोगितामा नगर भित्रका ८ सामुदायिक र २ संस्थागत गरि जम्मा १० वटा विद्यालयका खेलाडीहरु सहभागी भएका छन्।
कार्यक्रममा ‎नगर उप प्रमुख पुरुस्तोतम आचार्य, वडाध्य्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु , खेलप्रेमी, विद्यार्थी, पत्रकार बुद्धिजिबि समाजसेबि लगाएतको उपस्थिती रहेको थियो।


नगर खेलकुद बिकास समिति अध्यक्ष रिम बहादुर बिष्टको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण नगर खेलकुद बिकास समिति सदस्य सुसान्त केसिले गर्नु भएको थियो।
प्रतियोगिता आज देखि माघ २२ गते सम्म चल्नेछ ।